CG Electronics
IME Life
NIMB

आज नेप्सेले बनायो यस्तो कीर्तिमान, यी ९ कम्पनीका लगानीकर्तालाई भयो चाँदी कटाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । सेयर बजारले ऐतिहासिक कीर्तिमान बनाएको छ । माइक्रोफाइनानस समूहको सेयरमा चमक आउँदा नेप्सले आज सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो ।

आज नेप्सेले ३१११ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१०० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि साउन १३ गते नेप्सेले इतिहासकै सर्वाधिक ३०९४ विन्दुको रेकर्ड बनाएको थियो ।

सूचकले नयाँ रेकर्ड बनाउँदा कारोबार रकम पनि उत्साहजनक नै रहेको छ । आज साढे ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७५रुपैयाँ बराबरको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक र सामाूहिक लगानी कोष बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.८५ प्रतिशतले बढेको छ । यस्तै, हाइड्रोपावर समूह २.०४ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ङादी पावर ४३ करोड र फर्स्ट माइक्रोफाइनान्स झन्डै ३४ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । पाँचथर पावर र रुरु जलविद्युतकोसेयरमूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, जीवन विकास लघुवित्त, युनियन लाइफ, घलेम्दी हाइड्रो, लिबर्टी इनर्जी र स्वाबलम्वन लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, घलेम्दी हाइड्रोपावर र अपी पावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज युनिलिभर नेपालका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.७९ प्रतिशत गुमाएका छन् ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...