CG Electronics
IME Life
NIMB

एकैदिन साढे २१ अर्बको किनबेच हुँदा सेयर बजारले बनायो यस्तो रेकर्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौँ ।    आज सेयर बजारमा तीव्र उतरचढाव आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव पर्दा बजारमा तीव्र उतरचढाव देखिएको हो ।
बजार खुल्नसाथै ४० अंकले घटेको बजार एकैछिनमा ७ अंकले बढेको थियो । त्यसपछि निरन्तर ओरोलो लागेको बजार ७५ अंकसम्म घटेर अन्त्यमा २४ अंकले घटेर बन्द भएको छ ।
बैंकिङ, माइक्रोफाइनान्स समूह सम्हालिए पनि जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको सेयरमा पहिरो गएको छ । राष्ट बैंकले सेयर कर्जाको सीमा तोक्दै कडाइ गरेपछि ठूला खेलाडी प्रभावित हुँदा तीव्र उतरचढाव आएको हो ।
एक व्यक्तिले अधिकतम् एउटा बैंकबाट ४ करोड र सबैसंस्थाबाट गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर गर्ने देखिन्छ । दिनभर उतरचढाव आएको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ ।
आज एकैदिन साढे २१ अर्ब बढीको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ । यो नेपाली सेयर बजारमा इतिहासमै एकैदिन भएको सर्वाधिक कारोबार हो ।
यसअघि गत जेठ ३१ गते सर्वाधिक १९ अर्ब ७० करोडको कारोबार भएको थियो । ठूलो अंकले बजार घट्दा लगानीकर्ता आँत्तिएर सेयर बेच्दा र घटेको मौकामा सेयर उठाउने हाबी हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । आज सेयर बजार मापक सूचक नेप्से २४.५७ अंकले घटेर ३१५४.०८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३५ अंकले बढेको छ भने हाइड्रोपावर समूह ४.१३ अंकले घटेको छ । यस्तै, विकास बैंक र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्म ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्टीलरी ७९ करोड र अपी पावर ७० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, आइसीएफसी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज एनआइबील प्रगति फन्ड र रिडी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ८.५ प्रतिशत गुमाएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...