CG Electronics
IME Life
NIMB

न्यादी हाइड्रोपावरको आईपीओमा नयाँ कीर्तिमानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडाैँ ।  न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा हालसम्म ३८ करोड रूपैयाँ बराबरको आवेदन परेको छ ।

आइतबार साँझसम्म १५ हजार ३ सय ६८ जना आवेदकहरूले ३८ करोड ६२ लाख ४४ हजार ८ सय रूपैयाँ बराबरको ३८ लाख ६२ हजार ४ सय ४८ कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

 

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं। ३ ९साविक खुदी गा।वि।स।का वडा नं। १, २, ३ र ६ मात्र० तथा मर्स्याङ्दी गाउँपालिका वडा नं। ६, ७ र ८ ९साविक बाहुनडाँडा गा।वि।स। र साविक भुलभुले गा।वि।स। का सम्पूर्ण वडाहरु० का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ ३० गतेसम्मा आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सकिनेछ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...