IME Life
NIMB

विकास बैंकहरूको व्यापारमा तीन अर्ब ७३ करोडकाे वृद्धि

NIMB
Himalayan Bank

विकास बैंकहरुको निक्षेप तथा कर्जा दुवै बढेको छ । विकास बैंकहरूले भदौ महिनाको पछिल्लो एक सातामा तीन अर्ब ७३ करोड रुपैयाँले व्यापार बढाएका हुन् ।

एक सातामा १५ वटा विकास बैंकहरुमा एक अर्ब ४० करोड ८६ लाख रुपैयाँ निक्षेप थपिएको छ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको तथ्यांकमा कर्पोरेट डेभलपेमन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको भने वित्तीय विवरण समावेश छैन ।

तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले १८ भदौसम्मको एक सातामा ४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सो अवधिमा ४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तो कर्जा अघिल्लो साता ४ अर्ब २९ अर्ब रुपयाँ थियो भने निक्षेप ४ खर्ब ८७ अर्ब रहेको छ । गत १८ असोजसम्ममा विकास बैंकहरुले निक्षेप संकलन अघिल्लो साताको तुलनामा ०.२९ र कर्जा ०.८७ प्रतिशतले बढेको देखिएको छ ।

सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप ४ खर्ब १६ अर्ब छ भने कर्जा ३ खर्ब ६५ अर्ब रहेको छ । यस अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १ अर्ब ६६ करोडले बढेको छ भने कर्जा ३ अर्ब ३७ करोड रुपैयाँले बढेको देखिएको छ ।

क्षेत्रीय स्तरका विकास बैंकहरुको कर्जा प्रवाह भने १८ भदौसम्ममा ३६ करोड रुपैयाँले बढेको पनि देखिएको छ । तथ्यांकअनुसार क्षेत्रीय स्तरका विकास बैंकहरुको निक्षेप ७२ अर्ब १७ करोड रहेको छ भने कर्जा लगानी ६७ अर्ब १७ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । क्षेत्रीयस्तरका विकास बैंकहरुको कर्जा लगानी ०.५४ प्रतितशले बढेको छ ।

त्यस्तै, १२ भदौसम्ममा १५ विकास बैंकहरुले ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपैयाँमा कर्जा प्रवाह गरेकोमा १८ भदौसम्म ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी ०‍‍.९३ प्रतिशतले बढेको छ । यो अवधिमा कर्जा प्रवाह ३ अर्ब ३७ करोड रुपैयाँले बढेर ३ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...