CG Electronics
IME Life
NIMB

१५ सय महिला आत्मरक्षा तालिम सिक्दै, जिस्काउनेले पाउछ यस्तो चोट

NIMB
Himalayan Bank

कैलालीको कैलारी गाउँपालिका-६ की साधना चौधरी ‘हुस्’ भन्दै जोडले चिच्याइन्। माइकमा आवाज आयो, ‘आवाज सानो भयो।’ फेरि उनले अझ जोडले ‘हुस्’ भनेर कराइन्। जापानी भाषाको शब्द ‘हुस्’ को अर्थ हुन्छ नमस्कार। कुनै पनि मार्सल आर्टको खेल सुरु हुँदा होस् वा आफ्नो गुरु वा सिनियरको अभिवादन गर्न ‘हुस्’ प्रयोग गरिन्छ।

बलात्कारका घटना बढिरहँदा राष्ट्रिय गोजुरियो कराँते-दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार हजार जना किशोरी र महिलाका लागि ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको हो। तर तालिममा झण्डै डेढ हजार सहभागी छन्।

 

‘मैले आफ्नो सुरक्षा कसरी गर्नुपर्छ पहिलो दिनमै सिँके’, १४ वर्षीया साधनाले भनिन्, ‘कञ्चनपुरकी निर्मला बहिनीले यो तालिम पहिला लिन पाएकी भए सायद त्यो घटना हुन्थेन की ? ’ साधनाको आँखामा आक्रोश थियो।

 

‘मैले त्यो बलात्कारी भेटे काटिदिन्थेँ’, उनले भनिन्, ‘तालिमको पहिलो दिनमै मैले महिला पुरुष जत्तिकै बलियो हुने कुरा थाहा पाएँ।’ उनी कैलाली विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्छिन्। ‘मैले सिकेको कुरा साथीहरूलाई पनि बताउँछु’, उनले भनिन्।

 

साधना मात्र होइन कैलालीको चर्चित सामुदायिक विद्यालय पञ्चोदय माविमा कक्षा ९ मा अध्ययनरत प्रिन्सी शाह पनि जोसिएकी थिइन्। ‘कसैले हात समात्यो भने कसरी बच्नुपर्दो रहेछ, थाहा भयो’, उनले भनिन्, ‘महिलाले जसले जे गरे पनि सहनुपर्दो रहेनछ भन्ने सिँके।’

 

उनीहरूलाई पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकाइएको थियो।

 

उनले सात दिनको आत्मरक्षा तालिम पूरै लिने बताइन्। ‘म एकदमै एक्साइटेड छु, महिला हिंसाका घटना बढिरहेका छन्, त्यसका लागि अब हामीले पनि किक र पन्च हानेरै भए पनि जोगिनुपर्छ र त्यो कला सिक्नुपर्छ भनेर आएको’, प्रिन्सीले भनिन्।

 

अर्की किशोरी गीता कठायतले पनि जोगिन सजिलो हुने सोचेर तालिममा आएको बताइन्। ‘महिलालाई जसले पनि जिस्क्याउँछ, अनि महिलाले जिस्क्याउनेलाई केही पनि गर्दैनन्, झन् लजाएर आफ्नो बाटो लाग्छन्। कसैले हात समात्न खोज्यो भने पनि आत्मसमर्पण जस्तो गरिदिन्छन्, तर प्रतिकार गर्नु पर्दोरहेछ’, उनले भनिन्।

 

‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ असोज २६ सम्म चल्नेछ। क्याम्पमा विभिन्न विद्यालयका गरी १५ सय हाराहारीमा किशोरीहरूको सहभागिता छ। क्याम्पमा किशोरी मात्र होइन, महिला पनि सहभागी छन्।

 

‘समाजमा विकृति यति बढ्यो की अस्ति मात्र डोटीमा ७४ वर्षकी वृद्धा २३ बर्से किशोरको बलात्कारमा परिन्, त्यसैले महिला पनि क्याम्पमा सहभागी हुन जरुरी छ’, क्याम्पमा सहभागी धनगढी उपमहानगरपालिका जाईकी गोमा आचार्यले भनिन्।

 

किशोरी र महिलाको एकदमै उत्साहजनक सहभागिता रहेको आत्मरक्षा क्याम्पको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। ‘प्रदेश सरकारले छिट्टै महिलाका लागि आत्मरक्षा र आत्मबल बढाउने खालको कार्यक्रम ल्याइरहेको छ’, उनले भने।

 

प्रदेश सरकारले महिलाका लागि सुरक्षा योजना बनाइरहेको बताए। ‘प्रदेशमा मुख्यमन्त्री, म आफैं त्यो अभियानको नेतृत्व गर्छु, निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य लिडर हुन्छन्, स्थानीय तहमा प्रमुख त्यसको लिडर हुन्छ भने वडामा वडाध्यक्ष महिला सुरक्षा कार्यक्रमको लिडर हुन्छ।

 

यो कार्यक्रम प्रदेश सरकारले छिट्टै ल्याउँदैछ’, उनले भने। उनले हिजो जेल तोड्ने, क्रान्ति सफल बनाउने महिलामाथि अहिले हिंसा बढेको बताउँदै उनले यसमा प्रदेश सरकार गम्भीर भएको बताए।

 

निर्मला पन्तको बलात्कारपछिको हत्याले यो तालिम आवश्यक भएको आयोजक राष्ट्रिय गोजोरियो कराते दो संघले जनाएको छ। क्याम्प संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले अब महिला निरीह भएर हिँड्नु नपर्ने, स्वाभिमानपूर्वक हिँड्नुपर्छ भनेर मोटिभेसन तालिम पनि दिइने बताए।

 

‘सामान्य आत्मरक्षा गर्ने टिप्स दिन्छौं, अनि महिलामाथि हिंसा गर्नेको प्रतिकार कसरी गर्ने सिकाउँछौं र मनोबल बढाएर महिला पनि पुरुष जत्तिकै बलिया छन् भन्ने आत्मविश्वास दिने काम गर्छौं’, उनले भने।

 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, ओरेक नेपालसहित धेरै संघसंस्थाले तालिममा सहयोग गरेका छन्।

 

नेपाल प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिमका कैलाली कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङमा गत आव २०७४÷७५ मा १४ सय ८० बलात्कारका मुद्दा दर्ता भएका छन्।

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...