IME Life
NIMB

सेयर बजारमा झिनो अंकले बढ्दा मूल्यमा पोजेटिभ सर्किट लागेका यी हुन् ३ कम्पनी

NIMB
Himalayan Bank

सेयर बजार झिनो अंकले बढेको छ । आइतबार एकैदिन ७१ अंकले बढेको बजारमा आज न्यून अंकको वृद्धि आएको हो । सूचक जस्तै आज कारोबार रकम पनि स्थिर जस्तै रहेको छ । यसदिन करिब सवा ९ अर्बको कारोबार भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा पुगेको छ । आज २२६ कम्पनीको ९ अर्ब २९ करोड रुपैयाँ बढीको १ करोड ५६ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १।४८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.५४ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२६ कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झण्डै ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, युनाइटेड मोदीको ४७ र नेशनल हाइड्रो ३४ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । अजोड इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

आज कालिका पावरका सेयरधनीले भने सबैभन्दा धेरै ६.४७ प्रतिशत गुमाएका छन् ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...