CG Electronics
IME Life
NIMB

मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं- राजकिशोर यादव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन् ।

प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले  बताए ।

 

‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै बोलावट भयो ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई बोलाए पनि सरकारलाई दिइएको समर्थन फिर्ता लिने अडान यथावतै रहेको यादवले बताए । मन्त्रीहरुलाई दशैं मान्न दिएपछि समर्थन फिर्ता लिइने नेता यादवको भनाइ छ ।

 

अब वार्तामा बोलाएर सरकारले माग पूरा गर्ने वचन दियो भने ओली सरकारलाई दिइएको समर्थन जारी राख्नुहुन्छ कि ?   प्रश्नमा जवाफ दिदै यादवले यस्तो प्रतिक्रिया दिए :

राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भैरहेको छ । प्रदेशको सरकारचाहिँ रहन्छ । सबै जिल्लामा सिडियोमार्फत ज्ञापनपत्र बुझाउने र दशैंपछि ओली सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी भइरहेको छ । मन्त्री भएका छन्, दशैंमा कम्तीमा ससुराली त जाउन् ।

 

यो सरकार सबै मोर्चामा असफल भयो । हामीले मात्रै होइन, माधव नेपालले नै भनिसके देशै डुब्न लाग्यो । देश त बचाउनुपर्‍यो नि । भ्रष्टाचार बढ्यो । प्रहरी प्रशासनले काम गर्न सकेन । महंगी दशैंको मुखमा छोइनसक्नु छ । अति आवश्यक चिनी तेलको भाऊ आकासिएको छ ।

 

निर्मला पन्तका बलात्कारी को हो भन्ने दुनियाँलाई थाहा छ । पूरै राज्य उसलाई संरक्षण गर्न लागेको छ । ३३ किलो सुन कुन दुलोमा पस्यो रु ठूलो माछा समातिन्छ भन्थे । ओलीले भ्रष्टाचार निर्मूल पार्छु, सुशासन ल्याउँछु भन्थे । झन् मन्त्रीहरु एकपछि अर्को काण्डमा मुछिँदैछन् । चिनी उद्योगीबाट के कसो खेलामेला भयो रु उल्टै जसले बोल्यो, त्यसैलाई कारवाही गर्छु भन्छन् ।

 

ओली सरकारले अहिलेसम्म राजपासँग कुनै सम्वाद गरेन । प्रधानमन्त्रीले आफ्नै नेताहरुसित त सम्वाद नगरेको गुनासो आइरहेको छ, हामीसँग झन किन गर्थे रु अहिलेसम्म सरकारले राजपासित कुनै सम्वाद गरेको छैन ।

 

सरकारले हामीलाई वार्तामा बोलाउने हो भने माथि भनिएका कुराहरु सुधार गर्नुपर्‍यो । जनतालाई सुविधा दिनुपर्‍यो । भ्रष्टाचारीमाथि कारवाही गर्नुपर्‍यो । बलात्कारीहरुलाई समात्नुपर्‍यो । संविधान संशोधन कहिलेसम्म गर्ने रु रेशम चौधरीलाई कहिले सपथ खुवाउने ? लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक गर्ने ?

 

यी तमाम विषयहरुका बारेमा सरकारले स्पष्ट कुरा ल्याएमा हामीले त हदैसम्मको लचकता अपनाएर यो सरकारलाई साथ दिएकै हो नि । हामीले आफ्नै कार्यकर्ताहरुबाट गाली खाएर भए पनि देश र जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ डिस्कोर्समा जान्छ भने लौ न त साथ दिऔं भनेर न साथ दिएका हौं ।

 

तर, यो सरकारले संविधान संशोधनको कुरा त धेरै परको भयो, दैनिक जीवनमा सरकार छ भन्ने अनुभूति नै दिन सकेन । उल्टै सरकार जनतालाई तिमीहरु नबोल भनेर तर्साउने काम गरिराखेको छ ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...