CG Electronics
IME Life
NIMB

यी ४ बैंकले लाभांश घोषणा गरे, कुनको कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् ।

यसैैक्रममा, हालसम्म ३ वाणिज्य बैंक र एक विकास बैंक गरी ४ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा र माछापुच्छ्रे रहेका छन् । यस्तै, विकास बैंकतर्फ कामना सेवाले लाभांश घोषणा गरेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सानिमाले सबैभन्दा धेरै १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सानिमाले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.८९ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

यस्तै, सिटिजन्सले गत आवको वितरण योग्य मुनाफाबाट १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यसैगरी, माछापुच्छ्रेले गत आवको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै, कामना सेवा विकास बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत गरी कुल १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...