CG Electronics
IME Life
NIMB

चारपांग्रे सवारीको माग ह्वात्तै बढ्यो, मोटरसाइकल र स्कुटर खोज्नेको झन् किन लाग्यो ताँती ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

दसैंको चहलपहल सुरु भएको छ । दसैं सकिँदा–नसकिँदै तिहारको रौनक पनि सुरु हुन थाल्छ । सँगै छठ त छँदै छ । यही मेसोमा अटो व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना ल्याएका छन् । कोभिडका कारण गत वर्ष सुस्ताएको अटो व्यवसाय यस वर्ष भने उत्साहजनक रहेको व्यवसायी बताउँछन् ।

कम्पनीहरूका बिक्री कक्ष यति बेला सजिसजाउ छन् । छुट र नयाँनयाँ योजनाले ग्राहक लोभ्याइरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष चारपांग्रे सवारीको माग बढी छ । ‘अघिल्लो दसैंमा कोभिडले व्यवसायीलाई गाह्रो पारेको थियो,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अहिले जोखिम कायमै रहे पनि बजार बढेको छ । तर चारपांग्रे सवारीको मागअनुसारको आयात छैन ।’

गत वर्षको तुलनामा यो वर्ष व्यापार दोब्बर छ । त्यसमा पनि सबैभन्दा धेरै माग विद्युतीय सवारीको रहेको अध्यक्ष दुलालले जानकारी दिए । ‘५ सय वटा गाडीको माग हुँदा ५० वटाको मात्र आयात छ,’ उनले भने, ‘माग धेरै भयो, कोभिडका कारण भारतलगायत विदेशी मुलुकमा उत्पादन कम हुँदा आयात हुन सकेन ।’ अब विस्तारै उत्पादन बढ्दै जाने र अनुसार पनि बढ्ने उनको भनाइ छ । गत असार मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात ७० प्रतिशत बढेको दुलालले जानकारी दिए ।

चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको बजार पनि राम्रो छ । ‘दुईपांग्रे आयात पनि गत वर्षको तुलनामा करिब ८० प्रतिशत बढेको छ,’ उनले भने, ‘चाडबाडले बजार तातेको हो ।’ एक/दुई महिनामा थप उत्पादन बढ्ने उनले सुनाए । चाडपर्वको मौका पारेर विभिन्न अटो कम्पनीहरूले थरीथरीका छुट योजना ल्याएका छन् । दुईपांग्रेअन्तर्गत बजाज, टीभीएस, हिरो, सुजुकी र बेनेलीका मोटरसाइकल तथा स्कुटरमा छुट योजना राखिएको छ । त्यस्तै ड्याट्सन, हुन्डाई र ग्रेट वाल मोटर्सका गाडीमा दसैंतिहार लक्षित छुट तथा उपहार योजना अघि सारिएको छ ।
बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ योजना ल्याएको छ । टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस छ प्राइजको सरप्राइज’ र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरोको बेला हिरोको मेला’ अफर ल्याएको छ ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बित्रेता भीजी अटोमोबाइल्सले ‘दसैं आयो, उमंग छायो, क्यासब्याका साथै बम्पर पायो’ र बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘थ्री एक डिस्काउन्ट फिएस्टा’ नामक उपहार तथा छुट योजना ल्याएका हुन् । कम्पनीका यी योजना छठसम्म लागू हुने जनाइएको छ ।

बजाजका मोटरसाइकल खरिद गर्नुअघि १० हजार रुपैयाँसम्मको अग्रिम नगद छुट पाउन सकिन्छ । मोटरसाइकल किन्दा एक लाख रुपैयाँसम्मको नगद छुट र बम्परमा १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म जित्न सक्ने अवसर राखिएको छ । हरेक दिन रियलमी सी २० स्मार्टफोनसमेत हात पार्न सक्ने कम्पनीले जनाएको छ । हिरोले भने आफ्ना मोटरसाइकल तथा स्कुटरमा फाइनान्सको सुविधा राखेको छ, जहाँ शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ । हिरो कम्पनीका मोटरसाइकल तथा स्कुटर खरिदमा ६ हजार रुपैयाँ र स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद उपहार पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेन्ज सुविधा छ । योजनाअनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्दा १० हजार रुपैयाँ नगद छुट पाइनेछ । बेनेलीको मोटरसाइकल किन्नुअघि, किन्दा र किनेपछि तीन पटकसम्म छुट पाइन्छ । पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुअघि नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिनेछ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

चारपांग्रेतर्फ ड्याट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्याटसन फेस्टिभ हट डिल’, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिझ डिलाइट २०७८’ र ग्रेटवाल मोटर्सको आधिकारिक बित्रेता भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग ‘हेभल र पोयर चढी दंग’ योजना ल्याएका छन् ।

ड्याट्सन गाडी किन्दा २० लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष छुट सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुट र २७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस पाइन्छ । त्यस्तै एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ । ड्याटसनको गाडीमा फाइनान्स र एक्सचेन्जको सुविधा पनि छ । हुन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाख रुपैयाँसम्म थप नगद छुट र एक वर्षसम्मको बिमा निःशुल्क तथा सडक कर पाउने कम्पनीको भनाइ छ ।

ग्रेटवालले ल्याएको योजनाअनुसार दुई एसयूभी सवारी तेस्रो जेनेरेसनको हेभल एच ६ र हेभल जुलियनका साथै पोयर पिकअपमा ६ लाख रुपैयाँसम्मको फाइदा लिन सकिनेछ । यी सवारी खरिदमा एक वर्षको निःशुल्क सडक कर, विस्तृत बिमा र फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

नेपालका लागि प्रोटोन सागाको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पनि ‘दसैं दक्षिणा’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा एक लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त ‘दक्षिणा’ पाउने कम्पनीले जनाएको छ । यसअन्तर्गत कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरे ग्राहकले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने पनि कम्पनीको भनाइ छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...