CG Electronics
IME Life
NIMB

हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढिकरण गर्दै हिमालय एअरलाइन्स्ले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई बर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । हिमालयले निरन्तर पाँचौ बर्षका लागि ती सामाग्रीहरु प्रदान गरेको हो ।

आजै सम्पन्न सङ्क्षिप्त अन्तरक्र्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्य पुस्तकहरु प्रदान गरेका हुन् । एअरलाइन्स्ले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यसरोग विरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोष्टरहरु समेत प्रदर्शनार्थ प्रदान गरेको छ ।

प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वाल–वालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि बर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन् । भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरु बारे प्रशिक्षण समेत दिएका थिए ।

बार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहोयाउँदै हिमालय एअरलाइन्स्का ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख श्रीमती उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भबिष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका निमित्त आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्प हिमालय सदा दृढ रहने बताउनुभयो । प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाब्यतालाई उजागर गर्दै तिनको सपना र सङ्कल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्धेश्य रहेको समेत श्रीमती दलीले बताउनुभयोे । कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुन स् खोल्ने भएकोले विद्यार्थीहरु भौतिकरुपमै विद्यालयमा उपस्थित भई पठन पाठनमा सहभागी हुन उत्साहित छन् ।

नेपालीहरुको माहान् चाड वडा दशैँको पूर्व सन्ध्यामा हिमालय एअरलाइन्स्ले प्रयास नेपालका वाल वालिकाहरुको मुहारमा खुशीयाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो ।
प्रयास नेपालका तर्फबाट आभार प्रकट गर्दै प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स् आफ्नो संस्थाको पारिवारीक सदस्य झैँ भएको बताउँदै हिमालयले सन् २०१७ देखि पुयाउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा अनुगृहित रहेको बताउनुभयो । हाम्रा विद्यार्थीहरुका शैक्षिक आवश्यकता परिपूर्ति गर्न उहाँहरुले पु¥याउनु भएको निरन्तर योगदानले हाम्रा विद्यार्थीहरुलाई सदैव अभिप्रेरित गर्दै आएका छन् ।

“हामी आशा गर्छौ यस किसिमको आत्मियता सदा रहिरहनेछ । हामी हिमालयको निरन्तर सफलता चाहन्छौं र आसन्न वडा दशैंका लागि हिमालय परिवारप्रति हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छौं”, श्री जोशीले भन्नुभयो ।

प्रयास नेपाल समाजका अशक्त , असहाय वाल–वालिकाहरुलाई शिक्षा, जनचेतनाको जागरण र सीपमूलक तालिमका माध्यमबाट तिनको सशक्तिकरण गर्ने अभिप्रायले सन् २००३ मा स्थापित एक परोपकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखि नै राष्ट्रका विभिन्न भागका, समाजका अनाथ, असहाय , परित्यक्त र शारिरीकरुपमा असक्त वाल वालिकाहरुका लागि वालगृह समेत सञ्चालन गर्दै आएको छ ।

ीभबखभ ब चभउथि

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...