CG Electronics
IME Life
NIMB

डिजिटल गुरु प्रतियोगिता शुरु गरेको म्याक्स मिडियाले उत्कृष्टलाई पाँच लाख पुरस्कार दिने, कसरी हुने सहभागी ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

देशकै चर्चित र अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ। कम्पनीले डिजिटल मिडिया सम्वन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो प्रतियोगिताले यो क्षेत्रमा बिज्ञता भएका ब्यक्तिहरुलाई सहभागी हुन आब्हान गरेको छ।

यो प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञताभएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्‍याउन पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नुरहेको कम्पनीले जनाएको छ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडिया सम्वन्धी काम गर्ने अभ्यास भइरहेको छ। तर हामी स्वदेशमै रहेको प्रतिभाको खोजी गरी डिजिटल मिडिया सम्वन्धी आवश्यकता पूरा गर्ने उदेश्य लिएका छौं। ‘

कम्पनीले पाँच वर्षको अवधिमा संचार क्षेत्रमा धेरै ठूलो परिवर्तन देखिएको जनाउँदै नेपालमा डिजिटल मिडियाको संभावना उच्च देखेको ठहर छ। प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्ने जनाउँदै कम्पनीले यसले मिडिया उद्योगलाईनै फाइदा पुर्या्रउने जनाएको छ।

कम्पनीका अनुसार प्रतियोगिता एउटा बिशेष चुनौतिको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागीले प्रतियोगिताको नियममा रहेर आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति गर्न दिइनेछ।

कम्पनीले उत्कृष्टलाई पाँच लाख पुरस्कार दिने समेत घोषणा गरेको छ।प्रतियोगितामा सहभागी हुन www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने कम्पनीले जनायो।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...