CG Electronics
IME Life
NIMB

नयाँ नोट छाप्न वर्षेनी राष्ट्र बैंकले कति गर्छ खर्च रु कुन नोट छाप्न कति हुन्छ लगानी ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

दशैं नयाँ नोटको चाड पनि हो । नयाँ नोटकै लागि मानिसहरू घण्टौं घाममा लाम लोगेका हामीले देखेकै छौं । नेपाल राष्ट्र बैंकले वर्षेनी अर्बौं रुपैयाँ बराबरका नयाँ नोटहरू छाप्ने गरेको छ । हरेक वर्ष राष्ट्र बैंकले दशैं–तिहारकै अवसर पारेर नयाँ नोट वितरण गरेको हामीले देखेकै छौं ।

हिन्दू संस्कार अनुसार दशैं–तिहारमा टीका लगाउँदा नगद दक्षिणा दिने परम्परा रहेको छ । सोही परम्परालाई मध्येनजर गरेर राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको छ भने त्यसैका लागि मानिसहरू लाम लाग्ने गरेका पनि छन् ।

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार प्रतिनोट छपाइ लागत १।४० रुपैयाँदेखि ४।६८ रुपैयाँसम्म हुने गरेको छ ।

 

तर, विगत केही दशकदेखि सँस्कृतिको अंग बनेको यो नयाँ नोटको छपाइ त्यति सस्तो भने छैन । राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि मात्र वर्षेनी करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । केही समय अघि बैंकले लागत बढी हुने भएपछि थोरै मात्रामा नयाँ नोट छाप्न थालेको थियो ।

 

यसरी नयाँ नोट छाप्दा प्रतिनोट लागत १।४० रुपैयाँदेखि ४।६८ रुपैयाँसम्म खर्च हुने गरेको छ । नगद छपाइ कम गर्न बैंकले डिजिटल कारोेबारलाई प्राथमिकता दिएपनि प्रत्येक वर्ष नोट छपाइने क्रम भने बढ्दै गएको छ ।

 

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल एक पटक नोट छाप्दा ३ देखि ४ वर्ष पुग्नेगरी छपाइने बताउँछन् । ‘दशैंको लागि भनेर छाप्ने होइन । हामीले एक पटक नोट छाप्दा ३ देखि ४ वर्ष पुग्नेगरी छाप्ने गरेका छौं,’ उनले भने, ‘प्रति नोट छपाइ लागत १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ६८ पैसा सम्म खर्च हुने गरेको छ ।’

 

सरकारको बजेट, खर्च बढ्दै गएपछि बजारमा नोटको माग पनि बढ्दै जाने भएकाले छपाइ बढ्दै गएको नेपालले बताए । बैंकले २०१६ साल फागुनदेखि नयाँ नोट छपाइ सुरू गरेको थियो ।

राष्ट्र बैंकले नयाँ नोट छपाइको लागि हरेक वर्ष अर्ब बढी रकम खर्च गर्दै आएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७६र७७ मा मात्रै ५० करोड ८२ लाख थान नयाँ नोट छापिएको थियो । उक्त नोट छपाइको लागि मात्रै १ अर्ब ८ करोड ९६ लाख रुपैयाँ खर्च भएको थियो ।

 

त्यस्तै, आर्थिक वर्ष २०७५र७६ को अवधिमा ४९ करोड थान नोटहरू छापेको थियो । जसको छपाइ खर्च ८५ करोड ३७ लाख रुपैयाँ लागत रहेको छ । आर्थिक वर्ष २०७४र७५ मा बैंकले ५० करोड ६६ लाख थान नयाँ नोट निष्कासन गरेको थियो ।

 

पछिल्लो समय १ हजार दरका नोट छाप्न प्रतिनोट ३।३७ रुपैयाँ खर्च भएको छ । यस्तै, ५०० दरको नोट छाप्न ४।६८ रुपैयाँ, १०० रुपैयाँको नोट छाप्न २।९९ रुपैयाँ, ५० रुपैयाँको छाप्न २।६७ रुपैयाँ, २० रुपैयाँको १।७३ रुपैयाँ, १० रुपैयाँको नोट छाप्न १।४० रुपैयाँ लाग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

कुन नोट छाप्दा कति लाग्छ खर्च ?

 

मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार प्रतिनोट छपाइ लागत १।४० रुपैयाँदेखि ४।६८ रुपैयाँसम्म हुने गरेको छ । नोट छपाइको बिडिङमा हुने प्रतिस्पर्धा, नोटमा हुने सेक्युरिटी फिचर लगायत कारणले छपाइ खर्च निर्धारण हुने उनले बताए ।

 

उनका अनुसार पछिल्लो समय १ हजार दरका नोट छाप्न प्रतिनोट ३।३७ रुपैयाँ खर्च भएको छ । यस्तै, ५०० दरको नोट छाप्न ४।६८ रुपैयाँ, १०० रुपैयाँको नोट छाप्न २।९९ रुपैयाँ, ५० रुपैयाँको छाप्न २।६७ रुपैयाँ, २० रुपैयाँको १।७३ रुपैयाँ, १० रुपैयाँको नोट छाप्न १।४० रुपैयाँ लाग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

 

नयाँ नोटको छपाइ घटाउन डिजिटल कारोबार बढाउनु पर्ने देखिन्छ । राष्ट्र बैंकले नगद नोट छपाइ घटाउका लागि डिजिटल कारोबार बढाउने नीति लिएको विभाग प्रमुख नेपाल बताउँछन् ।

 

‘डिजिटल प्रणालीको प्रयोगबारे सबैलाई जानकारी गराउने र विभिन्न ठाउँमा डिजिटल डिभाइसहरू राख्ने, क्युआर कोडको प्रयोग बढाउने राष्ट्र बैंकको नीति रहेको छ,’ उनले भने ।

 

नयाँ नोट छपाइ संख्या र खर्च कम गर्न डिजिटल रुपैयाँलाई प्रोत्साहन गर्दै जानु पर्ने उनले बताए । पछिल्ला वर्षहरूमा नयाँ नोट छपाइ बढ्दै गएको छ । बजारमा डिजिटल कारोबार नबढेसम्म नगद छपाइ बढ्दैै जाने उनको भनाइ छ । ‘जबसम्म बजारमा डिजिटल कारोबार स्थापित हुँदैन तबसम्म नगद छपाइ बढ्दैै जान्छ,’ नेपालले भने ।

 

हरेक वर्ष जलाइन्छ अर्बौंको नोट

 

राष्ट्र बैंकले नयाँ नोट वितरण मात्रै होइन पुराना, झुत्रा नोट पनि जलाउँदै आएको छ । आर्थिक वर्ष २०७६र७७ मा मात्रै ४८ अर्ब ६० करोड बराबरका १९ करोड ३८ लाख थान जलाइएको बैंकको तथ्यांक रहेको छ ।

 

यस्तै, आर्थिक वर्ष २०७४र७५ मा ५६ अर्ब ३६ करोड बराबरका २८ करोड ४ लाख थान, आव २०७५र७६ मा ७६ अर्ब ९५ करोड बराबरका ३० करोड २३ लाख थान रुपैयाँ जलाइएको छ ।

 

पछिल्लो समय भने राष्ट्र बैंकले झुत्रा नोटलाई जलाउनुको सट्टा ब्रिकेट बनाएर बेच्न थालेको छ । जलाउँदा वातावरण प्रदूषण हुने भएकालाई त्यसलाई कम गर्न राष्ट्र बैंकले विदेशबाट उपकरण ल्याएर पुराना नोटको ब्रिकेट बनाउन थालेको हो ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...