CG Electronics
IME Life
NIMB

कोका–कोला नेपालको पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कोका–कोला नेपालले पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरूलाई स्पष्ट रुपमा ल्याएको छ ।

 

रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड १९को बेलाको प्रतिक्रिया सहित संस्थाका कर्मचारीहरुलाई फाइदा पुर्याएको जनाएको छ । जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन् ।

कोका–कोलाले संयुक्त राष्ट्रसँगको १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ । नेपालमा कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोलाको प्रणालीले व्यापार बृद्धि गर्नको लागि दिगो पनलाई एक सर्तको रुपमा लिएको बताए ।

पानी भनेको कोका–कोलाको व्यापार र यसको समुदायहरुको स्वास्थ्यको दीर्घकालीन सफलताको लागी केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

नेपालमा कोका–कोलाले २०० प्रतिशत भन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र वाटर एड र स्मार्ट पानीसँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु रहेका छन् । यसको अर्थ कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपाल भरिका समुदायहरूलाई दोब्बर पानी फिर्ता दिने जनाएको हो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले कोका–कोलाको दिगो व्यापार प्राथमिकताहरुलाई कायम राख्दै नेपालको प्राकृतिक रिसोर्सेजहरुमा रहेको प्रभावलाई कम गर्नको लागि काम गरेको बताए ।

कोका–कोलाले विश्वव्यापी रूपमा ‘वर्ल्ड वीथ आउट वेस्ट’ अभियानको घोषणा गरेको थियो जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरूलाई संकलन र रिसाइक्लिङ गर्ने रहेको जनाएको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...