CG Electronics
IME Life
NIMB

रामवीरले भने : वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नेपाल कम्युनिस्ट पार्टी(ने क पा)काका सांसद रामवीर मानन्धरले पार्टीका नेता वामदेव गौतमले आफ्नो क्षेत्रबाट निर्वाचन जित्ने दाबी गरेका छन्।

आज विजुलीबजारस्थित संवाद चौतारीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले गौतमका लागि आफैले प्रस्ताव गरी ठाउँ छाड्न लागेको र गौतम निर्वाचित हुने दाबी गरेका हुन्।

‘वामदेव गौतमले पार्टी एकतामा पुर्‍याएको योगदानको सम्मान गर्दै मैले आफ्नो ठाउँ छाडेको हुँ, उहाँले जसरी पनि जित्नुहुन्छ,’ सांसद मानन्धरले भने, ‘पार्टीका स्थानीय तह बलिया छन्। हामी जसरी पनि उहाँलाई जिताएर पठाउँछु।’

मानन्धरले आफ्नो राजीनामा स्वीकृत गरियोस भनी सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमलाई बुझाइसकेको जानकारी दिए। उनले भने, मैले हिजै नेताद्वयलाई भेटेर राजीनामा स्विकार गरियोस भनेर पत्र बुझाएको छु। भोलि बस्ने सचिवालय वैठकले मेरो प्रस्ताव स्विकार गरेमा सभामुखसमक्ष राजीनामा दिनेछु।’

यसअघि डोल्पादेखि दैलेखसम्म पुगेर चुनाव लड्ने रहर गरेका वामदेवलाई त्यहाँका सांसद र जनताले पत्यानन्। त्यसैकारण पार्टीमा पुर्‍याएको योगदानको मुल्याङकन गर्दै आफूले ठाउँ खाली गरेकोसमेत मानन्धरले बताए।

सांसद पद छाड्न दबाव आएको भन्ने सम्बन्धमा मानन्धरले कसैको दबाव नरहेको स्पष्ट पारे।

क्षेत्र नं सातका जनतालाई विकास चाहिएको भन्दै उनले त्यसका लागि आफू राजिनामा दिन तयार रहेको उनले दाबी गरे। ‘यो मेरा मतदाताको अपमानको कुरा होइन उहाँहरुको सम्मान गर्दै यसका लागि तयार भएको हुँ,’ बामदेवको जित्ने आधारको विषयमा गरिएको प्रश्नमा उनले अगाडि भने, ‘यस क्षेत्रका अधिकांश जनता पार्टी प्रक्रियामा जोडिएका छन्। उहाँहरुले जिताएर पठाउनुहुन्छ।’

उपप्रधानमन्त्री सम्म बन्न सक्छु

यसैबीच सांसद मानन्धरले आफू उपप्रधानमन्त्री सम्म बन्न सक्ने सम्भावना रहेको बताएका छन्। ‘पार्टीले मलाई वडा सदस्य देखि दुई पटक सम्म सांसद बनायो।

मैले पार्टी एकताको सम्मानका लागि प्रस्ताव गरेको हुँ,’ पत्रकार सम्मेलनमा उनले भने ‘कसैको दबाब होइन मेरै प्रस्ताव हो। मैले नै पार्टीको एउटा अध्यक्षको हातमा राजिनामा स्वीकृत गर्न पत्र बुझाएको हुँ।’

उनले पार्टीले चाहे आफू उपप्रधानमन्त्रीसम्म बन्न सक्ने दाबी गरे। ‘हिजो पनि पार्टीले मलाइ सांसदसम्म बनाएको हो,’ राजिनामामा पछि राष्ट्रियसभामा लाने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘पार्टीले चाह्यो भने प्रधानमन्त्री त भन्न सक्दिन्, मन्त्री उपप्रधानमन्त्रीसम्म बन्न सक्छु।’

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...