CG Electronics
IME Life
Ncell NPL

७३ अर्ब लगानी स्वीकृत भए संगै बन्ने भए यी दुई जलविद्युत आयोजना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

लगानी बोर्डको ४८औं बैठकले २ वटा जलविद्युत आयोजनाका लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

लगानी बोर्डको कार्यालयका अनुसार लगानी स्वीकृति हुनेमा दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत परियोजनामा करिब साढे १० अर्ब रुपैयाँ छ । त्यस्तै, संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत परियोजनामा ६२ अर्ब २६ करोड रुपैयाँ बराबरको पूँजीवृद्धि स्वीकृति प्रदान गरिएको छ ।
बैठकले ९ मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा अध्ययन गर्न भन्दै एक उच्चस्तस्तीय समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन भएको हो ।

समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्यसमेत रहेका छन् । लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवका रुपमा रहेका छन् । समितिलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डमा पेस गर्न कार्यादेश दिइएको छ ।

लगानी बोर्डको चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको शेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयसमेत बैठकले गरेको छ ।

बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्ने सम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्नसमेत निर्देशन दिएका छन् ।

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न

वि.सं.२०८२ चैत २३ सोमवार २२:१३

लमजुङ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाले आफ्नो...

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री श्रेष्ठ

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री...

वि.सं.२०८२ चैत २० शुक्रवार १८:१४

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर...

वि.सं.२०८२ चैत १८ बुधवार २१:१३

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८०...

एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी कार

एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका बद्री...

वि.सं.२०८२ फागुन ९ शनिवार २२:२४

काठमाडौँ । पोर्चुगलबाट एस मनि ट्रान्सफर मार्फत आइएमई गरेका सेवाग्राही...