CG Electronics
IME Life
NIMB

नबिल बैंकद्धारा धादिङको गजुरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगोे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरको छ ।

बैकका संचालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउपालिकामा आज आयोजित एक कार्यक्रमबिच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारी मार्फत स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाउँपालिकाको सिफारिसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा ब्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैंकलाई धन्यवाद दिदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनु पर्ने र त्यसका लागि गाउँपालिकाको सधै सहयोग रहने समेत बताए । उक्त कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको समेत उपस्थिती रहेको थियो ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...