CG Electronics
IME Life
Ncell NPL

यस्तो छ वामेदव गौतम काठमाडौ ७ बाट ब्याक हुनुको भित्री कथा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता वामेदव गौतमलाई सिट खाली गर्ने गरी राजीनामा दिने घोषणा गरे काठमाडौं ७ का सांसद रामवीर मानन्धरले। उनले मंगलबार पत्रकार सम्मेलन गरी गौतमलाई काठमाडौंबाट विजयी गराएर पठाउने दाबीसमेत गरेका थिए।

डोल्पाबाट सुरु भएको गौतमको संसद प्रवेश गर्ने इच्छा काठमाडौं ७ मा आएर ब्रेक लागेको छ।

सोमबारको ने क पाको सचिवालय बैठकमा रामवीरको राजीनामा गर्ने प्रस्तावले एक्कासी प्रवेश पायो। मंगलबार मानन्धरले पत्रकार सम्मेलन गरेर वामदेवका लागि सांसद पदबाट राजीनामा घोषणा गरे। उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘भोलि वुधबार बस्ने सचिवालयको बैठकले राजीनामाबारे निर्णय गर्ने छ, पार्टीको निर्णय लगत्तै सभामुखसमक्ष राजीनामा दिन्छु।’

भोलिपल्ट, सचिवालय बैठक नै बसेन। सचिवालय बैठक नबस्दै वामदेव स्वयं पछि हटेका छन्। सचिवालय बैठकमा प्रस्ताव लैजाने ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै उनी ब्याक भइसकेको घोषणा गरे।

शुक्रवार काठमाडौंमा आयोजित दशैँको चियापान कार्यक्रममा उनले काठमाडौं ७ मा हुने भनिएको उपनिर्वाचनको लफडा सकिएको भन्दै वामदेव चुनावबाट ब्याक भइसकेको जानकारी गराए।

‘रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब। यसमा केही टेन्सन लिनुपर्दैन। हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो,’ उनले भने।

यसकारण ब्याक भए वामदेव
सोमबार सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सांसद मानन्धरले अध्यक्ष प्रचण्डलाई बुझाएको राजीनामा स्वीकृत गर्ने सम्बन्धको प्रस्तावसहितको पत्र वाचन गरेर सुनाए। त्यसलगत्तै वामदेवको सांसद यात्राको औपचारिक छलफल सुरु भयो। यसअघिका बैठकमा उनी पुनः चुनावमा उठ्ने विषय र पद खाली गराउने विषय अनौपचारिक रुपमा प्रवेश पाए पनि एजेण्डा बन्न सकेको थिएन।

डोल्पाबाट चुनाव उठ्ने गरी डोल्पाका सांसद धनवहादुर बूढालाई राजीनामा गराउने भन्ने अनौपचारिक छलफल बूढाले राजीनामा नदिने बताएपछि सकियो। त्यसपछि उनी बाँके, प्यूठान, नवलपरासी पूर्वबाट उठ्ने चर्चा आयो। तर यी विषयले पनि ने क पाको कुनै कमिटीमा छलफलको औपचारिक एजेण्डाको रुप लिन सकेनन्।

सोमबार औपचारिक रुपमा काठमाडौं ७ ले प्रवेश त पायो, तर निर्णय भने हुन सकेन्। बैठकमा सचिवालय सदस्य ईश्वर पोखरलले यसको चर्को आलोचना गरे। अर्को सचिवालय बैठकले निर्णय लिने बताइएको थियो। तर बैठक नै बस्न सकेन।

सोमबार सचिवालयमा यो प्रस्तावले प्रवेश पाएसँगै मंगलबार सांसद मानन्धरको आधिकारिक धारणा आयो। उनको धारणासँगै ने क पा भित्र र बाहिर ने क पा, सरकार, मानन्धर, स्वयं वामदेवसमेत आलोचित हुन पुगे।

रामवीरको घोषणलगत्तै गौतमले सामाजिक सञ्जाल फेसबुकमा रामवीरको प्रशंसा गरे। उनले रामवीरको त्यागलाई आँच आउन नदिनेसमेत बताएका थिए। वामदेवले लेखेका थिए, ुनतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो त्यो विचारले मेरो कद अझ उचो बनाएको छ। संगठनका लागि हामी दुवै जना सिपाही हो। भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईले गरेको त्याग प्रति आँच आउन दिने छैन। पार्टीको गरिमालाई उँचो राख्न र तपाइले म प्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन। पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा संधै सँगै रहनेछौं।ु

बुधबार तत्कालिन नेकपा एमालेको काठमाडौं जिल्ला सचिवालयका नेताहरुको बैठकले वामदेव पराजित हुने नष्कर्ष निकाले। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यप्रति काठमाडौंका मतदाता रुष्ट भएको, वामदेव आफै जनताबाट अस्वीकृत भएको लगायतका कारणसहित उनी पराजित हुने निष्कर्षसमेत निकालेको थियो।

यही निष्कर्षसहितको रिपोर्ट काठमाडौं ७ का ने क पाका प्रदेशसभाका दुई जना सांसदले दुबै अध्यक्षसामु पुर्‍याए। प्रदेशसभा सदस्यहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठसहितका काठमाडौं जिल्लाका नेताहरु बालुवाटार र खुमलटार पुगेर गौतम पराजित हुने पार्टीका लागि आत्मघाती हुने भन्दै निर्णय नगर्न आग्रह गरेका थिए।

तर, प्रचण्डले अन्तिम समयसम्म गौतमकै पक्षमा अभिव्यक्ति दिएका थिए। उनले काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा काठमाडौं ७ मा गौतम हार्ने गरी उपचुनाव नगराउने बताएका थिए।

उनले यस्तो भनेकै दिन साँझ गौतम पराजित हुने रिपोर्ट उनीसामु पुग्यो। यो रिपोर्टले प्रचण्डसमेत झस्किए।

यसबीच ने क पाका नेताहरुबाटै गौतम र मानन्धरको आलोचना भइरहेको थियो। विपक्षी दलका नेतासमेत उनको आलोचन गरे। मानन्धर समाजले सांसद मानन्धरलाई गरेको सम्मानसमेत फिर्ता लियो। योसँगै नेवार बाहुल्य रहेको काठमाडौं ७ मा उपचुनाव जित्न गौतमका लागि थप चुनौती थपियो।
यसबीच उपचुनावको विषयले ने क पाका नियमित कार्यसूचीहरुसमेत प्रभावित भए। सचिवालय बैठक सारियो। सचिवालय बैठकका लागि तय भएका अन्य एजेण्डा माथिसमेत प्रवेश पाएन।

बैठकमा ने क पाको प्रदेश कमिटीको विषयमा उठेका विवादहरुमाथि छलफल हुने बताइएको थियो। त्यस्तै स्थायी कमिटीको बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको थियो। तर मानन्धरको राजीनामा सम्बन्धी विषयले यी एजेण्डामाथि नै छलफल हुन सकेनन्। त्यतिवेला प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बैठक २४ गतेका लागि सरेको बताएका थिए। तर पुनः बैठक २७ गतेका लागि सरेको छ।

यसबीच २४ गते प्रचण्ड र ओलीबीच भेटवार्ता भयो। भेटवार्तामासमेत उपचुनावको विषयमा छलफल भएको बताइएको छ।

यसबीच २२ गतेको बैठकमा उपचुनावको विषयमा आलोचना गरेका नेता ईश्वर पोखरेलले पार्टीका अध्यक्षहरु, वरिष्ठ नेता माधव नेपाल, स्वंम गौतमसहितका नेताहरुसँग छुट्टाछट्टै भेटेर उपचुनावको विरोध गरेका थिए।

पार्टी भित्र र बाहिर चर्को आलोचना भएपछि वामदेवको काठमाडौं ७ बाट चुनाव उठ्ने विषयको च्याप्टर क्लोज भयो। अध्यक्ष प्रचण्डले शुक्रबार भएको कार्यक्रममा भनेका छन्, ‘हिजो वामदेवजीले चुनाव लड्दिन भनिसक्नुभयो। यो लफडा सकियो।’

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...