CG Electronics
IME Life
Ncell NPL

निर्मला हत्या प्रकरण : एआईजी बस्न्यातको टोली कञ्चनपुरमा, २६ प्रहरीमाथि सुक्ष्म छानबिन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डमा प्रहरी लापरबाहीबारे छानबिन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर पुगेर अनुसन्धान सुरु गरेको छ ।


शुक्रबार अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानबिन टोली महेन्द्रनगर आइपुगेको हो ।

उनको निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएका खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।

टोलीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटना बारे जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेको छ । भने एआइजी बस्न्यातले घटनास्थल र निर्मलाको घर परिवारसँग पनि भेटघाट गरे ।

गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर पुगेको हो ।

२६ प्रहरीमाथि सुक्ष्म छानबिन

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ ।

‘अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शंकास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गछौं’, बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भने,‘छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।’

उनले अनुसन्धानमा बदनियत र घटनामा प्रहरीको संलग्नता देखिए कार्बाही बताए । एआईजी बस्न्यातले यस अघि २६ प्रहरी अधिकृत तथा कर्मचारीसंग सोधपुछ गरिसकेको बताउँदै त्यसपछि फिल्डमै आएर अनुसन्धान थालेको बताए ।

‘बस्तुगत र तथ्यगत आधारमा छानबिनका लागि हाम्रो टिम यहाँ आएको हो । ’ उनले भने, ‘मिसिल, डकुमेण्ट्री र घटनाका विज्ञसंग विचार विमर्स गछौँ ।’ अपराध समाजबाटै घट्ने भएकाले त्यसको पहिचान र निराकरणका लागि समाजमै जानुपर्ने उनको भनाई थियो ।

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन् । शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ ।

त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...