नबिल बैंकले गर्यो ३८ प्रतिशत लाभांश दिने घोषणा
Wednesday Nov 03, 2021
वि.सं.२०७८ कात्तिक १७ बुधवार १८:१६
नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र करसहित ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले घोषणा गरेको सो लाभांश चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६र०७७ बाट बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । उक्त्र प्रतवित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

























