CG Electronics
IME Life
NIMB

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघुबीमा अनिवार्य गरिदै

NIMB
Himalayan Bank

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा अनिवार्य गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । बीमा समितिमा सो सम्बन्धमा प्रारम्भिक छलफल भएको भएपनि यसले पूर्णता पाउन भने बाँकी छ ।

बीमा समितिले चार वर्ष अघि नै सम्बन्धी निर्णय गरिसकेको भएपनि बीमा कम्पनीहरुले लघु बीमा गर्न अस्वीकार गर्दै आएका छन् । हिजो बसेको बीमा समितिको सञ्चालक समितिको बैठकमा १० प्रतिशत लघुबीमा अक्षरस कायान्वयन गर्ने सम्बन्धमा छलफल गरी अघि बढाउने विषयमा सहमति जुटेको छ ।

समितिले सरोकारवाला बीमा कम्पनीहरुसँग छलफल गरेर यस्तो नियम बनाउन लागेको हो । समिति स्रोतका अनुसार नमान्ने कम्पनीको लाईसेन्स खारेज, बीमा शुल्क संकनमा रोक लगाउने सम्मको कारवाही गर्ने गरी उक्त व्यवस्था लागू गर्न लागेको हो । बीमा समितिले लघु बीमालाई प्रभावकारी बनाउन तथा देशैभरिबाट कृषि तथा पशुपंक्षी बीमा गर्नै नपाएको भन्ने गुनासोको आधारमा यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

समितिले सो सम्बन्धमा छिट्टै बीमा कम्पनीहरुसँग छलफल गरेर अन्तिम निर्णय गर्ने जनाइएको छ । अर्थमन्त्रालयले कृषि तथा पशुपंक्षी बीमामा देखिएको समस्या हल गर्न लघु बीमामा कम्पनीहरुलार्ई १० प्रतिशतको सीमाभित्र बाँध्न निर्देशन दिइसकेको छ ।

अर्थमन्त्रालयको निर्देशनसँगै बीमा समितिले छिट्टै सो सम्बन्धी नयाँ व्यवस्था लागू गर्न गृहकार्य सुरु गरेको हो । बीमा समिति स्रोतले जनाए अनुसार कृषि तथा पशुपंक्षीमा अटेर गर्न थालेपछि लघुबीमाको थ्रेसहोल्ड नै तोकेर सबै कम्पनीहरुका लागि अनिवार्य गर्न लागेको हो । सरकारले नेपाल राष्ट्र बैंकमार्फत सबै बैंकहरुलाई कूल कर्जाको कृषि तथा साना तथा मझौला उद्योगमा जाने कर्ताको सीमा तोकेर सबै क्षेत्रमा कर्जाको पहुँच पुर्याउने लक्ष्य लिएर काम गरिरहेको छ । अब बीमा क्षेत्रमा समेत न्यून आय भएका गरिब, किसानहरुको बीचमा बीमाको पहुँच पुर्याउने लक्ष्य अनुरुप यस्तो व्यवस्था गर्र्न लागिएको हो ।

नयाँ व्यवस्था लागू भएपछि कृषि तथा पशुपंक्षी बीमा गर्न नमान्ने बीमा कम्पनीहरु भने ठेगान लाग्ने भएका छन् ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...