CG Electronics
IME Life
NIMB

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

गोलगढ, भैरहवा । नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितीको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्पनि पहिलेदेखि नै अग्रसर रहेको थियो । मङ्गलम पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरु व्यवस्थापन गर्नको लागि डस्ट्बिनको स्थापना गर्दै आइरहेको छ । यो शुरुवात मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ ।

मंगलम् पाइप्स वातावरण प्रति कति जिम्मेवार छ भन्ने कुरा निर्माण सम्पन्न हुन आँटेको मंगलम्को नयाँँ कारखानाले नै जनाउँछ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा स्थापनाको अन्तिम चरणमा पुगेको मंगलम् इन्डस्ट्रिजको नयाँँ वातावरण मैत्री कारखाना पूर्णतया बिजुलीबाट संचालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योग भित्रै पूनः प्रयोग हुने हुनाले ध्वनी र अन्य वातावरणीय प्रदुषणमुक्त छ । २५० जना कर्मचारीहरुलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको यो कारखानाले स्थानीय तहमै रोजगारीको अवसर सृजना गरिरहेको छ ।

मंगलम् इन्डस्ट्रिज नेपालको पहिलो ऋएख्ऋ पाइप्स् र फिटिङ्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी पोलिमर पाइपिङ प्रणाली निर्यात गर्ने कम्पनी हो ।

 

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...