CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूकाे आग्रह

NIMB
Himalayan Bank

काठमाडौँ । वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसास् समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गर्नुभएको हो ।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ । भिजिट भिसामा विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन् । जसले गर्दा यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहनुभएका सरोकारवालाहरूले भिजिट भिसामा नजान आग्रह गर्नुभएको हो ।

प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको र यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेको बताउनुभयो । उहाँले भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा समेत आउनुका साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले कामदारको मात्रै नभएर सरकारको कमीकमजोरीले पनि भिजिट भिसामा जाने श्रमिक सङ्ख्या बढ्दै गएको बताउनुभयो । “नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ । कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,” उहाँले भन्नुभयो, “कामदारहरूले छिटो र सहज तरिका खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ ।”

श्रम विज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताउनुभयो । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धित सरोकारवालाहरू जानकार भए पनि कडाइ गर्न नसकिएको उहाँको भनाइ छ । “यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमानदार हुनपर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न सम्बन्धित निकायले खासै चासो नदेखाएको भन्नुहुँदै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीका बारे जानकार नभएकाहरूभन्दा यस क्षेत्रका बारेमा जानकारी राख्ने नेपालीहरू नै भिजिट भिसामा जाने गरेको बताउनुभयो । उहाँले भिजिट भिसामा जाँदा व्यवसायीहरू पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा सरकारले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित हुने जिकिर गर्नुभयो । “श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अङ्गभङ्ग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ,” उहाँले भन्नुभयो । भिजिट भिसा सम्बन्धी समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्ने उहाँको भनाई छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिसामा नजान आग्रह गर्नुभयो । “अहिले नेपालीहरूको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरूको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरूले दुःख पाउनुभएको छ”, उहाँले भन्नुभयो । सरकारले म्यानपावर कम्पनीहरूका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताउनुभयो । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाइ गर्नुपर्ने उहाँको भनाई छ ।

वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताउनुभयो । वैदेशिक रोजगारको क्षेत्रमा आफ्नो १८ वर्षको अनुभव भए पनि आफैँले बुझ्न नसकेको उहाँले बताउनुभयो । सबै ट्राभल तथा म्यानपावर व्यवसायीहरूलाई सरकारले कडाइ गर्न सके भिजिट भिसाको आवरणमा युवा तस्करी रोक्न मद्दत पुग्ने अध्यक्ष तामाङको भनाई छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मनिराम भट्टले वैदेशिक रोजगारमा जाँदा राम्रो काम पाउन पनि सकिन्छ र योसँगै बेचबिखनमा पर्ने जोखिम पनि उत्तिकै रहने बताउनुभयो ।

“सकेसम्म वैदेशिक रोजगारीमा जाँदा भिजिट भिसामा जाँदै नजानुस् । यसरी जाँदा समस्यामा परिन्छ । भिजिट भिसामा जाँदा धेरै मानिसहरू बेचबिखनमा परेका छन्” उहाँले भन्नुभयो । भिजिट भिसामा जानेलाई रोक्न नसके पनि न्यूनतम मापदण्ड तोकेर कडाइ गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले वैदेशिक रोजगारीमा जाँदा अप्ठ्यारोमा परेकाहरू पनि उजुरी गर्न प्रहरीसम्म नपुग्ने समस्या रहेको बताउनुभयो । भिजिट भिसाको दुरुपयोगका कारण मानिसहरू अप्ठ्यारोमा पर्ने गरेको भन्दै दुरुपयोग नगर्न उहाँले आग्रह गर्नुभयो । जनचेतनाको अभावका कारण पनि युवाहरूले भिजिट भिसाको दुरुपयोग गरिरहेको उहाँले जिकिर गर्नुभयो । “वैदेशिक रोजगारमा जानेले शुल्क बुझाउँदा प्रमाण लिनुपर्छ । कुन उद्देश्यका लागि पैसा दिएको हो त्यो खुलाउनुस् त्यति भयो भने पछि समस्या पर्दा त्यो पैसा फिर्ता पाउन सहज हुन्छ,” उहाँले भन्नुभयो ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...