कामना सेवा विकास बैंकद्वारा प्रहरीलाई जनचेतना मूलक बोर्डहरु हस्तान्तरण
Sunday Dec 19, 2021
वि.सं.२०७८ पुस ४ आइतवार २०:१३
कामना सेवा विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामुलक शाइन बोर्ड, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायव प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्सालले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।
उक्त बोर्डहरु शहरका विभिन्न ठाउँहरुमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।























