राष्ट्रिय वाणिज्य बैंकको खोटाङ्गको रावावेशीमा शाखा विस्तार
Tuesday Dec 21, 2021
वि.सं.२०७८ पुस ६ मंगलवार २०:३५
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले खोटाङ्ग जिल्लाको रावावेशी गाउँपालिका शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माननीय माधवप्रसाद रेग्मीले मंगलबार उक्त शाखाको समुदघाट्न गरेका छन् ।
उक्त अवसरमा रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ्ग पहुँच पुर्याउने उद्धेश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।























