CG Electronics
IME Life
NIMB

शेयर बजारमा हरियाली, नेप्से परिसूचक ५६.७३ अङ्कले बढ्यो

NIMB
Himalayan Bank

धितोपत्र बजारमा लामो समयपछि आज कारोबार मापक नेप्से परिसूचक हरियो भएको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५६.७३ अङ्कले बढेर दुई हजार ४१५.५५ अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११.३४ अङ्कले बढेर ४६२.५२ मा पुगेको छ । कूल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर रु दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ मूल्यमा खरिद बिक्री भए । नेप्से बढे पनि कारोबार रकममा भने कुनै वृद्धि देखिएको छैन । आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९६ अर्ब ३२ करोड १३ लाख १० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका सबै १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३२.९१, व्यापार ६९.८२, होटल तथा पर्यटन ५४.०३, विकास बैंंक १३७.८८, जलविद्युत् ३७.९२, निर्जीवन बीमा २०४.३४, उत्पादन १७०.१, अन्य ७०.४९, लघुवित्त ९०.७१, जीवन बीमा २०६.५८, सामूहिक लगानी कोष ०.१२ र लगानी १.४२ अङ्कले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ५८ लाख ६९ हजार ४२० बराबरको कारोबार भयो । नबिल बैंक रु १४ करोड १८ लाख चार हजार २६, नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ३९ लाख ३८ हजार २२४, मञ्जुश्री फाइनान्स रु सात करोड ५५ लाख ६५ हजार २७२ र एनएमबी बैंक रु छ करोड ४८ लाख २५ हजार २१४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । जानकी फाइनान्स ९.८१, रसुवागढी हाइड्रोपावर ९.२१, ग्रीनलाइफ हाइड्रोपावर ८.२६, र रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.९३ प्रतिशतले कमाए । उता, गुर्खाज फाइनान्स ८.८९, नबिल ब्यालेन्स फण्ड ३.५२, तेह्रथुम पावर कम्पनी ३.२६, एनएमबी डिवेञ्चर २.५० र नबिल डिवेञ्चर २०८५ का लगानीकर्ताले २ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकले सोमबार केही वस्तुको आयातमा सीमा लगाएपछि त्यसको प्रभाव शेयर बजारमा परेको विश्लेषण गरिएको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...