CG Electronics
IME Life
NIMB

बीमा समितिका अध्यक्ष सिलवालसहितका आधा दर्जन व्यक्तिहरुलाई कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

NIMB
Himalayan Bank

 

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यवसाय दिने गरी यही मंसिर ९ गते गरिएको निर्णय कीर्ते भएकोले सो कार्यमा संलग्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका आधा दर्जन व्यक्तिहरुलाई कारवाहीको माग गर्दै भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बीमा समितिले गत मंसिर ९ गते नेपालमा सञ्चालित बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गनुपर्ने निर्णय गरेको थियो । सो बीमाको आधारभूत सिद्धान्तभन्दा विपरित भएको सो निर्णयले सिंगो बीमा व्यवसाय तरंगित छ । यसले जोखिम विविधिकरण नभई बीमाको दावी भुक्तानी हालको कोरोना बीमाको जस्तो अवस्थामा पुर्याउने छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक छ अर्बको व्यवसाय दिनेछ ।

गत मंसिर २२ गते दुई जनाले दर्ता गरेको उजुरीमा मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष सूर्य प्रसाद सिलवालले कीर्ते गरेको भन्दै कारवाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो । बीमा समितिका सञ्चालक कानुन मन्त्रालयका उप सचिव सुशिल कोइराला, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, अर्थमन्त्रालयका उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय महाशाखाका प्रमुख रमेश कुमार केसी, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीसहितको संलग्नतामा बीमा समितिले कीर्ते काम भएको दुई जना उजुरीकर्ताले दावी गरेका छन् ।
बीमा समितिको सञ्चालक समितिमा भएको अनैतिक कार्यको सम्बन्धमा अर्थमन्त्रालयले समेत छानविन गरिहेको छ । सो मुद्दामाथि दुई साताअघि नै अख्तियारमा मुद्दा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ । सि ०१८५११ नम्वरको दर्ता नम्वरको उजुरीमाथि छानविन अघि बढाइएको आयोग स्रोतले जनाएको छ ।

आयोगमा उजुरी परेपछि मन्त्रालयले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई बोलाएर सोधपुछ गरेको खुलेको छ । सो क्रममा सिलवालले आफूले गरेको कामको अख्तियारको सामाना आफै गर्ने जवाफ दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

आयोगमा दर्ता गरिएको उजुरीमा बीमा समितिको सञ्चालक समितिको बैठकमा कीर्ते गरिएको तथा सञ्चालक समितिले निर्णय गरेको भन्दा फरक निर्देशन जारी गरी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अख्तियार दुरुपयोग गरेकोले पक्राउ गर्न माग गरिएको  प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको उजुरीको कपिमा उल्लेख छ । (बीमापोष्टबाट)

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...