कामना सेवा विकास बैंकको खुद सञ्चालन आम्दानी २१ प्रतिशत
Tuesday Jan 18, 2022
वि.सं.२०७८ माघ ४ मंगलवार १७:३९
काठमाडौं। कामना सेवा विकास बैंकको खुद सञ्चालन आम्दानी २१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासिकमा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा २१ प्रतिशतले खुद सञ्चालन आम्दानी बढाएको हो ।
बैंङ्कका अनुसार बैंकले करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकको निक्षेप ४८।९२ अर्ब पुगेको छ भने कर्जा ४४।९० अर्ब पुगेको छ । जुन गत वर्षको दोस्रो त्रैमासकिको तुलनमा क्रमशः १०।६९५ र १०।९८५ बढी हो ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२।३२५ कायम गरेको छ भने प्रति शेयर आम्दानी २१।८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३।१४ अर्ब र जगेडा कोषमा ९।६७ करोड रुपैयाँ छ ।
साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १।७९५ रहेकोमा यस त्रैमासिक सम्ममा १।७७५ मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५।७४, प्रति शेयर नेटवर्थ १३३।०२ र आधार दर ९।२७५ छ।























