CG Electronics
IME Life
NIMB

नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएको हो ।

आजको सहमती अनुसार स्ल्याव ९ लाखमा नविकरण शुल्क २ लाख, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नविकरण स्ल्यावमा ४ लाख ५० हजार बाट सेल्फ कोडमा १ लाख घाटाइ ३ लाख ५० हजार बनाउने र त्योभन्दा माथिको स्ल्यावमा घटाउने कम्पनी ब्यवस्थापन र संघर्ष समिती बिच सहमती भएको हो ।

त्यस्तै, अभिकर्ता संघले राखेका बाँकी मागहरु भने माघ महिनाभित्रै संसोशन गर्ने गरि केहि दिनमा कार्यदल बनाएर कम्पनी सम्क्ष पेश गर्ने बिषयमा आज छलफल भएर सहमतीमा टुंगीएको हो । कार्यदलको मोडालिटी भने तयार हुन बाँकी रहेको संघर्ष समितिका सचिव कपिल आचार्य रहेको बीमापोष्टलाई बताए ।

नेपाल लाइफले गत साउन २४ गते बीमा अभिकर्ताको एजेन्सी स्ल्याव परिवर्तन गरेको थियो । गणेश अधिकारीको नेतृत्वमा बीमा अभिकर्ता केन्द्रीय संघर्ष समिति बनाएर नेपाल लाइफमा सुधारको माग सहित आन्दोलन आज सहमतीका बीचमा टुंगीएको हो ।

केन्द्रीय संघर्ष समितिले बीमितको बोनस दर घटाउन नहुने, बीमा अभिकर्ता कर्जा पाउनुपर्ने, बीमितलाई पोलिसी नविकरणमा ब्याज छुट दिनुपर्ने, जिरो कोडको अभिकर्ता अन्त्य गर्नुपर्ने, पुराना लोकप्रिय बीमा पोलिसी पुनः सुचारु गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

आज पेशागत बीमा अभिकर्ता संघ समेतको उपस्थितिमा दुवै पक्षका बीचमा सहमतिमा औपचारिक रुपमा हस्ताक्षर भएको छ । कम्पनीमा बीमा अभिकर्ताहरुको आन्दोलनकै बीचमा सिनियर डेपुटी सिईओको रुपमा प्रविणरमण पराजुली आएपछि बीमा अभिकर्ताहरुको समस्यालाई समाधान गर्न रचनात्मक र सकारात्मक उद्देश्यल वार्ता जारी राखेका थिए ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...