IME Life
NIMB

भारतीय सार्प सुटर लगाएर मलाई गोली हान्न सुपारी दिइयो : व्यवसायी अर्जुन रायमाझी

NIMB
Himalayan Bank

 

काठमाडौं । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले सुपारी दिएको आरोप लगाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रायमाझीले पोखरेलले ३ जना भारतीय सार्प सुटरलाई सुपारी दिएर आफ्नो हत्या गर्न खोजेको आरोप लगाएका हुन् ।

‘भारतीय सार्प सुटरलाई लगाएर बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले मेरो हत्या गर्न खोजे ,’ रायमाझीले भने । हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले आफूलाई गोली हान्ने प्रयास गरेपनि जोगिएको रायमाझीले बताए । हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको दाबी गरे । योजना चुहिएपछि आफूले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको बताए ।

आफूलाई एउटै स्कुल पढेका विश्वराज पोखरेलले गोली हान्न भारतीय सुटरलाई सुपारी दिएकोबारे उनले भने,‘विश्वराज र म एउटै स्कुल पढेका हौ तर उनी अलि सिनियर हो । मलाई मार्नलाई यति सम्म गर्ला भनेर कहिल्यै सोचेको थिइन् ।’
रायमाझीले विश्वराजको आफन्तको जग्गाको सिमानामा रहेको, विश्वराजका आफन्तले भोगचलन गरेको सम्पत्ति उनीहरुकै सल्लाहमा खरिद गरेको बताए । तर पछि विभिन्न वहाना गरेर विवाद झिकेपछि आफु बाध्य भएर सोही विषयमा अदालत जान बाध्य भएको सुनाए । अहिले मुद्दा विचाराधिन अवस्थामा रहेको पनि जानकारी दिए । तर, आफूलाई मार्नलाई विश्वराजले सुपारी दिएको र मार्ने योजना बनाएको कुरा आफुले कहिल्यै नसोचेको बताए । विश्वराजको सबै प्रमाण नबिल बैंकको सिसिटिभिमा कैद भएको जानकारी दिँदै उनले आवश्यकता परे पेश गर्न सक्ने पनि बताए ।

लेखापाल विश्वराज पोखरेल र उनका आफन्त (भाई) ठेकेदार युवराज पोखरलले आर्थिक चलखेल गर्ने गरेको र आफुलाई मार्ने योजना बनाएको हुन सक्ने उनले बताए । दुई जनाको सल्लाहमा युवराजले बोर्डरबाट आफ्नै केहीलाई गाडीको पछाडी राखेर र केहीलाई अर्को गाडीमा सुटरहरुलाई ल्याएको उनले आरोप लगाए । उनले भने,‘सुटरहरुलाई ल्याएर जंगलको होटलमा खाजा खाएको पनि सुन्नमा आएको छ । सुटरकै एकजना साथीले मलार्ई त्यसको बारेमा जानकारी दिएको हो ।

सुटरहरु बसेको होटलमा सरकारी मोटरसाइकलमा विश्वराज आफै पुगेर उनीहरुले खाएको र सुतेको पैसा तिरेको पनि प्रमाण आफुसँग भएको सुनाए । विश्वराजले नै सबै सुटरलाई आफू हिड्ने र बस्ने स्थानको बारेमा जानकारी दिएको जिकिर गरे ।
आफूलाई मार्ने त्यत्रो योजना बनाउँदा पनि जोगिएकोमा इश्वरीय शक्तिको कारण भएको बताए । उनले भने,‘योजनाकार मध्येका एकजना परिपक्व सुटरलाई मेरो घर हेर्न पठाइयो । सोही समयमा मेरो आमाले तुलसीको मोठमा पानी चढाएको देखेर ओहो यस्तो राम्रो परिवारको सन्तान मार्न आएकोमा पश्चाताप भई आमालाई मलाई मार्ने योजनाबारे सबै बताएका हुन् ।

उनले विश्वराज अहिले लुकेर बसेको आरोप लगाउँदै उनको मोवाइल पनि स्विच अफ भएको बताए । उनले भने,‘अपराधी प्रहरी भन्दा पनि एक कदम अगाडि छ । मोबाइल स्विच अफ छ । परिवारसँग पनि कनेक्सन नरहेको प्रहरी बताउँछ ।

आफू र आफ्नो परिवारको सुरक्षा कायम गर्न माग गर्दै सम्बन्धित निकायमा जानकारी दिएको पनि रायमाझीले सुनाए । ‘स्टे अर्डर आएको पनि २० दिन भईसकेको छ, आरोपीलाई प्रहरीले खोजी गर्दै गर्दापनि पत्ता लगाउन सकेको छैन् ।’ उनले भने,‘कस्को संरक्षणमा बसेको छ ? सरकारी कर्मचारी भएर पनि यसरी लुक्न सक्दा आश्चय भएको छ, ऊ निर्दोष भएको भए किन प्रहरीसँग लुकेर हिड्थ्यो ।

गत पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षड्यन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...