Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

मेरो डक्टर एप १ लाखभन्दा बढी डाउनलोड

 

काठमाडौं । मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पु¥याएको छ । सँगसगै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओ.पी.डी. टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गर्नुभएको छ ।

मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

मेरो डाक्टरका सेवाहरु :-

मेरो डाक्टर मोबाइल एप तथा वेभ ९mभचयमयअतयच।अयm० मार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । मेरो डाक्टर मार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओ.पी.डी. टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सक्नुहुन्छ ।

मेरो डाक्टर मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नुहुनेछ । साथै, इच्छुक बिरामीहरुका लागि २ सय ५० भन्दा बढी विशेषज्ञ डाक्टरहरु मार्फत अनलाइन टेलि कन्सल्टेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियालाई अवार्ड हस्तान्तरण

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गबाट एमएडब्लु वृद्धिका...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १८:३४

काठमाडौं। चीनको बेइजिङमा सम्पन्न फोटोन ग्लोबल पार्टनर्स कन्फरेन्स २०२५ मा...

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मर्स्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १०:२२

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई....

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:०२

  काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:५३

  काठमाडौं, नेपाल - नोभेम्बर १२- टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले...