CG Electronics
IME Life
NIMB

जाल्पा लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।जाल्पा लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । लघुवित्तले गत माघ २१ गतेदेखि माग २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । पाँच दिनमै बाँडफाँड गरेको आइपीओमा ४७ हजारले १० कित्ता परे भने २६ लाखकाे  आवेदनलाई रद्ध गरी बाँडफाँड गरिएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७,०९,८५५ वटा आवेदनहरुबाट ३,३१,४७,१५० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १,१८,१५३ जना आवेदकहरुबाट २४,३०,३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५,९१,७०२ जना आवेदकहरुबाट प्राप्त ३,०७,१६,८३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यियरीङ्ग लिमिटेडबाट ४८,०४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको र सो विवरणलाई रुजु गर्दा ४,२९० जना आवेदकहरुबाट प्राप्त ५०,६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरी २५,८७,४१२ जना आवेदकहरु मार्फत प्राप्त जम्मा ३,०६,६६,१९० कित्ता सेयर मध्येबाट ४८,७९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गते देखि २५ गते सम्म सार्वजनिक निष्काशन खुला गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरिएको कूल सेयर ५,२२,००० कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर २६,१०० कित्ता तथा कर्मचारीहरुलाई ८,००० कित्ता छुट्याई बाँकी रहेको ४,८७,९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५।६३ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...