CG Electronics
IME Life
NIMB

एनएलजी इन्स्योरेन्स कम्पनीको बीमा कोष १०.६० प्रतिशतले बृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेका छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको मुनाफा केही घटेपनि बीमा व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको छ ।

कम्पनीको बीमा कोष १०.६० प्रतिशतले बृद्धि भएको छ । गत आवमा ९७ करोड ३२ लाख ९३ हजार रुपैयाँ रहेको चालु आवको दोस्रो त्रैमाससम्ममा बीमा कोषमा एक अर्ब सात करोड ६४ लाख ९३ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । कम्पनीको जगेडा कोष, तथा महाविपत्ति कोष सहित समग्र कोषको आकार एक अर्ब ४९ करोड ३७ लाख १५ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । बीमा कम्पनीको बलियोपनाको लागि बीमा कोष निकै महत्वपूर्ण हुन्छ ।

चालु आवको छ महिने अवधीमा कम्पनीको चुक्ता पुँजि १७.७० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । चुक्ता पुँजि बृद्धिसँगै कम्पनीको जोखिम धारणा क्षमता समेत बृद्धि हुने हुँदा आगामी दिनमा थप बीमा व्यवसाय ग्रहण गर्न सक्षम बनेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आम्दानी २२.६२ प्रतिशतले घटेर ४२ करोड ७१ लाख ५१ हजार रुपैयाँ छ ।

कम्पनीको कूल बीमा शुल्क आम्दानी भने ८.४४ प्रतिशतले बृद्धि भई एक अर्ब २० करोड चार लाख ४२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि हुने र खुद बीमा शुल्क घट्नुले कम्पनीले कम जोखिम धारण गरेका कारण थप सुरक्षित बनेको देखिएको छ ।

जीडब्लूएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एक चार्जमा ५२० किमीसम्म गुड्ने

जीडब्लूएम ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक,...

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

काठमाडौं । नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...