CG Electronics
IME Life
NIMB

नबिल बैंक र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौं ।  महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ ।

उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिला प्रसाद ओझाको समेत उपस्थिति थियो ।

कृषि अन्तर्गत तरकारी खेती तथा माछापालन एवं पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङ अन्र्तगतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यबसाय विस्तार गर्ने क्षमताको मुल्यांकन र विकाशमा केन्द्रित गर्ने रहेको छ ।

उक्त योजनामा हेफर इन्टरनेशनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानिय सरकार समेत आबद्ध रहेका छन् । महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।

महिला उद्यमी तथा साना किसानहरूमा उद्यमशीलता विकास र वित्तीय पहूँच प्रबर्धन गरिने

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...