CG Electronics
IME Life
NIMB

सेयर बजारमा पहिरो जाँदा कुन-कुन कम्पनीको मूल्यमा आयो गिरावट ?

NIMB
Himalayan Bank

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । सोमबार ४८ अंकले घटेको नेप्से आज ३१ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से झन्डै ८० अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम १६ करोडले घटेर सवा १ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से ३१.७० अंकले घटेर २२७५.६९ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रुपैयाँ बराबरको ३६ लाख २ हजार ८४८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, व्यापार र निर्जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी साढे ३ करोड र नबिल बैंक सावा ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज ग्रीन भेन्चर्सका सेयरधनीले सबैभन्दा धेरै ९.३६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ५.८२, युनियन हाइड्रोपावर ५.७७, सप्तकोशी विकास बैंक, नेशनल हाइड्रो, युनियन हाइड्रोपावर, बुद्धभूमि हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो, र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा सविता ढकाल निर्वाचित

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा...

वि.सं.२०८३ असार १८ बिहीवार १२:३४

  काठमाडौं। डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत क्रियाशील लायन्स क्लब अफ...

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य...

वि.सं.२०८३ असार १८ बिहीवार १०:१३

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा...

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०६

  काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ...

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य,...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०३

  काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी...

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५९

  काठमाडौं । याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको...

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५७

  काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...