CG Electronics
IME Life
NIMB

सेञ्चुरी बैंकको ऋणपत्र निष्काशन खुला

NIMB
Himalayan Bank

 

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (बैशाख २१ गते) देखि १० वर्षे ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २२ लाख कित्ता ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक साढे १० ९अर्थात १०.५०० प्रतिशत ब्याज पाइने छ ।

निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिनेमध्ये १० हजार कित्ता सामुहिक लगानी कोषलाइए बाँडफाँड गरि सकेको बैंकले जनाएको छ ।

सो ऋणपत्र खरिदका लागि इच्छुकले छिटोमा बैशाख २५ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्ने छ । यससँगै लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट न्युनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य...

वि.सं.२०८३ असार १८ बिहीवार १०:१३

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा...

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०६

  काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ...

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य,...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०३

  काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी...

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५९

  काठमाडौं । याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको...

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५७

  काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सन नेपाल लाइफलाई आईक्यानको ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’

सन नेपाल लाइफलाई आईक्यानको ‘नेशनल बेस्ट प्रेजेन्टेड...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल...