CG Electronics
IME Life
NIMB

कच्चा पदार्थमा भन्सार विभागबाट हैरानी खेप्नुपरेको पेन्ट उद्योग संघको भनाई

NIMB
Himalayan Bank

काठमाडौँ । नेपाल पेन्ट उद्योग संघले आयातित कच्चा पदार्थमा भन्सार विभागबाट हैरानी खेप्नुपरेको भन्दै बाताबरण सहज बनाउन सरकार समक्ष अनुरोध गरेको छ। अधिकतम भन्सार शुल्कले आफुहरु थला परेको भन्दै पत्रकार सम्मेलन मार्फत संघले सरकारको ध्यानाकर्षण गराएको हो।

हाल नेपालको बेडिङ क्षेत्रमा देखिएको तरलता सङ्कट तथा विदेशी मुद्रा सञ्चितिमा आएको हासलाई मध्यनजर गरी आउँदा दिनहरूमा तयारी पेन्टको आयातमा सरकारले काउण्टर भेलिङ शुल्क लगाउन सक्ने सम्भावनाको आँकलन गर्दै संगले हारगुहार गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो।

पेन्टका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोड सरहको भन्सार शुल्क बेहोर्नुपरेकोमा सङ्घले ध्यानाकर्षण गराएको हो। संघ द्वारा आयोजित पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तिमा भनिएको छ( एक्रिलिक पोलिमर सबै पानीमा आधारित पेन्ट तयार गर्नको लागी आवश्यक एक मुख्य कच्चा पदार्थ हो ।

आजको दिनमा हेर्दा, पानीमा आधारित पेन्ट कल विक्रीको लगभग ७५५ अनुपातमा रहेको छ एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर बजारमुखी नरहेको पेन्ट उद्योग संघको ठहर छ ।

सङ्घका अनुसार इमल्सन एचएसएन कोड ३९०६ अन्तर्गत वर्गिकृत गरिएको वाटर वेस्ड पेन्टहरूका लागि कच्चा पदार्थ भए पनि २०७६ ०३।०८ मा भन्सार विभागले जारी गरेको पत्रअन्तर्गत एक्रिलिक पोलिमर लाई फिनिस्ड गुड, पेन्ट एण्ड भार्निसका लागि तोकिएको कोड ३२।०९ अन्तर्गत वर्गिकृत गर्न निर्देशन दिइएको छ ।

एचएसएन ३९०६ अन्तर्गत आयातमा १० प्रतिशत मात्र तिर्नुपर्ने र साफ्टा सुविधापनि पाइनेछ तर ३२०९ कोड अन्तर्गत भन्सार मूल्यांकन गर्दा ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने र साफ्टामा पनि तयारी उत्पादनका लागि केही प्रावधान नरहेको सङ्घले जनाएको छ ।

क्याबिनेटले ३२०९ कोड अन्तर्गत भित्रिने इमल्सनको भन्सार २० प्रतिशतमा झारे पनि पेन्टका लागि आवश्यक पर्ने प्रमुख पदार्थमा भने भन्सार शुल्क प्रभावकारी रुपमा १०५ देखि २०५ मा पुगेको छ जबकि एक्रिलिक पोलिमरमा श्रीलङ्का, बङ्गलादेश, भारतजस्ता छिमेकी मुलुकहरूले ०.१० प्रतिशत मात्र भन्सार शुल्क कायम गरिएको छ भन्ने उद्योगीहरूको भनाइ छ ।

यसैगरी, वित्तीय ऐन २०७७ ७८ ले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेको छ । पेन्ट उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन नेपाल पेन्ट उद्योगको माग रहेको छ ।

 

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...