CG Electronics
IME Life
NIMB

महालक्ष्मी लाइफको जीवन बीमा कोष र बीमा शुल्क उल्लेख्य बृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ भने सबै सूचांकहरुमा प्रगति गरेको छ ।

तेस्रो त्रैमासिक अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको आम्दानी बृद्धि हुँदा मुनाफा समेत बढेको देखिएको छ । आईपिओ जारी गर्नुअघि नै पुँजि बृद्धि गर्ने निर्णय गरेको कम्पनीको जीवन बीमा कोष ४८।३५ प्रतिशतले बृद्धि भई एक अर्ब ९८ करोड १९ लाख ७० हजार ८७१ रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोषको आकार एक अर्ब ३३ करोडमा सीमित थियो । कुनै पनि जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण सूचक मानिन्छ ।

 

कम्पनीको जगेडा कोष ३७ प्रतिशतले र महाविपत्ति कोष ४७ प्रतिशतले बृद्धि हुँदा कूल कोषको आकार दुई अर्ब २३ करोडभन्दा माथि पुगेको छ ।

महालक्ष्मी लाइफले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी १४५।३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कोरोना महामारी र आर्थिक संकटकै बीचमा कम्पनीले उल्लेख्य प्रगति गरेको तथ्याङ्कले देखाएको छ । गत आवको चैत्र मसान्तसम्ममा जम्मा ७१ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा एक अर्ब ११ करोड भन्दा बढि खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको खुद दावी भुक्तानी दुई करोड ८२ लाखबाट बृद्धि भई १२ करोड ५१ लाख पुगेको छ । नयाँ कम्पनीहरुको सुरुमा दावी भुक्तानी न्यून हुने र व्यवसाय बृद्धि हुँदा जाँदा दावी भुक्तानी बृद्धि हुने सामान्य कुरा हो ।

कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट प्राप्त आम्दानी ३४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकहरुको ब्याजदर बढेसँगै कम्पनीको आम्दानीमा बृद्धि भएको हो । त्यस्तै व्यवस्थापन खर्च ११ प्रतिशतले बढेर १८ करोड ६२ लाख पुगेको कम्पनीले अभिकर्तालाई कमिशन बापत १९ करोड ३६ लाख २३ हजार ३१५ रुपैयाँ वितरण गरेको छ ।

कम्पनीले खुद नाफा ८।४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको गत आवमा छ करोड ६८ लाख खुद नाफा कमाएकोमा चालु आवको नौ महिने अवधीमा सात करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीमा हाल कायम रहेको बीमा पोलिसी संख्या ३३ हजार ४६८ बाट बृद्धि भई ३६ हजार ५५५ पुगेको छ ।

कम्पनीको समग्र वित्तिय प्रतिवेदनले सकारात्मक सुधारहरु देखिएका छन् भने कम्पनीको व्यवसाय फैलदै गरेको देखिन्छ । खर्च नियन्त्रण तथा सही क्षेत्र पहिचान गरी लगानी गरेकोले कम्पनीको आम्दानी समेत बढेको वित्तिय विवरणले औल्याएको छ ।

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५७

  काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी, टिकट खरिदमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी,...

वि.सं.२०८३ असार १६ मंगलवार १८:५५

  काठमाडौं, असार १६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र...

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई...

वि.सं.२०८३ असार १६ मंगलवार १८:३७

  काठमाडौं, असार १६ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत...

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी जुत्ताको विकल्पदेखि अन्तर्राष्ट्रिय बजारसम्म

पीजी सुज ब्राण्ड २८ वर्ष प्रवेश, विदेशी...

वि.सं.२०८३ असार १६ मंगलवार १८:२९

  काठमाडौं । पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी...