हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सम्पन्न
Saturday Nov 17, 2018
वि.सं.२०७५ मंसिर १ शनिवार ०५:२८

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्। योजना सार्वजनिक गरेको कार्यक्रम सम्पन्न भएको छ । ग्राहकको उत्साहजनक रेस्पोन्सले , कम्पनीले आफुले लक्षित टार्गेट १०० % भन्दा, १० % बढी ११० % गरेको छ ।
कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको थियो । यो योजनमा समावेश भएका ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितका छन् ।
प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।






















