CG Electronics
IME Life
NIMB

नबिल सामाजिक उद्यमशिलता कार्यक्रमका पहिलाे २० सहभागीलाई इनाबर अफ सोसियल इन्टरपर्नसिप अर्वाड प्रदान

NIMB
Himalayan Bank

 

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम (NABIL School of Social Entrepreneurship -NABIL SSE) को पहिलो ब्याचको २० जना फेलोहरुले इनाबर अफ सोसियल इन्टरपर्नसिप अर्वाड (Enablers of Social Entrepreneurship Award) प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइवाएइएफ नेपालले (CNIYEF Nepal) अवार्ड प्रदान गरेको हो ।

सिएनआइवाएइएफ नेपालले (CNIYEF Nepal) असार ११ गते काठमाडौंमा आयोजना गरेको सिएनआइवाएइएफ नेपाल स्र्टाटअप २०२२ (CNIYEF Nepal StartUp Fest 2022) मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । २०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका २५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन संकाए सँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ ।

 

फेलोशिप कार्यक्रमका सहभागिहरूले कृषि, सूचना प्रविधि, हस्तकला,खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ । बाँकी ६ महिनाका लागि सबै सहभागिहरूलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि शुरू गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनाबर अफ सोसियल इन्टरपर्नसिप अर्वाड भ्ल(Enablers of Social Entrepreneurship Award) प्रदान गरिएको आयोजकको भनाइ छ ।

सिएनआइवाएइएफ नेपाल स्र्टाटअप २०२२ युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजना गरिएकोे थियो । यस कार्यक्रममा नेपालमा उद्यमशिलता बिकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुत गरिएको थियो । उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि, माननीय मन्त्री दिलेन्द्र प्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पदस्तकरीहरुको उपस्थिती थियो ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...