CG Electronics
IME Life
NIMB

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष खेमराजको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कम्पनीले उक्त सभामार्फत मर्जरबारे विशेष प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीले भविष्यमा कुनै निर्जिबन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि गर्न तथा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नका लागि मान्यता प्राप्त मुल्याकंनकर्ता नियुक्त गर्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले २०७९ साल चैत मसान्तभित्रमा सबै बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएसँगै बीमा कम्पनीहरु भटाभट मर्जरमा जान थालेका हुन् ।

समितिले निर्जिबन बीमा कम्पनीहरुको चुक्तापुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो । सोही निर्देशनलाई पालना गर्दै कम्पनीले हकप्रदको बाटो नजोरी मर्जरमा जानका लागि उपयुक्त पार्टनर खोजेको हो ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण

फोनपोइन्ट्सका अभियान विजेतालाई ५५ इन्च स्मार्ट टिभी...

वि.सं.२०८३ असार २४ बुधवार १९:००

  काठमाडौं, असार २४ – फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई...

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...