नेपाल एसबिआई बैंकले पायो एबिएफ होलसेल बैकिङ अवार्ड
Monday Aug 01, 2022
वि.सं.२०७९ साउन १६ सोमवार १९:४०
काठमाडौं । नेपाल एसबिआई बैंकलाई सिंगापुरस्थित एसियन बैकिङ एण्ड फाइनान्सले होलसेल बैकिङ अवार्ड २०२२ अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अप्रेसन्स बैंक अफ द इयर प्रदान गरेको छ । साथै, नेपाल डोमेस्टिक अवार्ड पनि प्रदान गरेको हो । उत्कृष्ठ एंव भरपर्दो बैंकिङ सेवा प्रदान गर्ने बैंकलाई यस्तो अवार्ड प्रदान गरिदै आएको छ । सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना ११९ आउटलेटहरुमार्फत सेवा दिइरहेको छ ।

























