CG Electronics
Ncell NPL
NIMB

सम्हालिन छाडे निर्मलाका बुबा यज्ञराज, छिनछिनमै हाँस्ने, छिनछिनैमा रुने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् । सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन् । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन् ।

‘मलाई पनि गाली गर्नुभयो । उहाँको स्वास्थ्य निकै बिग्रिएको छ,’ नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीले भनिन् । अधिकारकर्मीहरूले धर्ना स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने राय राखेका छन् । यज्ञराजको उपचारका लागि आफन्तलाई प्रशासनले पटक–पटक आग्रह गर्दै आएको छ । ‘हामीले यज्ञराजको उपचारका लागि आग्रह गर्दै आएका छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘आफन्तले छलफल गरेपछि प्रशासनलाई खबर गर्छौँ भनेका छन् ।’

धर्नास्थल छाडेर दौडिए यज्ञराज

शुक्रबार बर्बराउँदै धर्नास्थल छाडेर हिँडेका यज्ञराजलाई प्रहरीको सहयोगमा महेन्द्रनगर बजारबाट फिर्ता ल्याउँदै अधिकारकर्मी ।

शुक्रबार यज्ञराज एक्कासि धर्नास्थल छाडेर दौडिएर महेन्द्रनगर बजारसम्म पुगे । चिच्याउँदै र जथाभावी बोल्दै दौडिएका उनको पछिपछि अधिकारकर्मीहरू पनि लागे । बजारबाट अधिकारकर्मीहरू निर्मला भट्ट जोशी, लक्ष्मी मल्ल र शान्ता पोखरेलले प्रहरीको सहयोगमा उनलाई धर्नास्थलमा फर्काए ।

शान्त स्थानमा राख्न चिकित्सकको सुझाब

अधिकारकर्मी निर्मला भट्टका अनुसार यज्ञराज एकोहोरो बर्बराउने पनि गर्छन् । तर, चिकित्सकले औषधि दिएपछि समस्या केही कम भएको छ । उनले यज्ञराजको स्वास्थ्य जटिल मोडमा पुगे पनि सरकारले बेवास्ता गरेको बताइन् । महाकाली अञ्चल अस्पतालका चिकित्सकले उनलाई शान्त स्थानमा राख्न पटक–पटक सुझाब दिँदै आएका छन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...