NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

डिजी पे र स्टार अस्पतालबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । डिजी पे प्रा।लि र स्टार हस्पिटलबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पे प्रा।लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरमा रहेको अस्पतालसँग सम्झौता गरेको हो।

सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८ सय २५ रुपैयाँको दुईवटा १ हजार ६५० रुपैयाँबराबर ओपीडी टिकट निःशुल्क पाउनेछन्। साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन्। स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुसी व्यक्त गरे।

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए। त्यस्तै डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटलजस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुट्किलो र उपलब्धि हो। यसैगरी अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरी आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए। सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पेका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...