अबदेखि कुमारी बैंकबाट आइपिओ भर्दा शुल्क नलाग्ने,कुन बैंकको आश्वा शुल्क कति ?
Saturday Aug 20, 2022
वि.सं.२०७९ भदौ ४ शनिवार ०६:५१
बैंकहरुले निशुल्क उपलव्ध गराउने पर्ने सि आश्वा शुल्क चर्काे भएको गुनासो चलिरहँदा कुमारी बैंकले आश्वा शुल्क नलिने भएको छ । बैंकले यही भदौ १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ । सी–आस्वा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिइरहेका छन् । तर घटीमा १० रुपैंयादेखि सय रुपैयासम्म शुल्क लिएर ।
अबदेखि कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
कुन बैंकको आश्वा शुल्क कति ?
कृषि विकास बैंक – १०
बैंक अफ काठमाण्डू – १०
नेपाल बंगलादेश बैंक (१०
सिभिल बैंक – २०
माछापुच्छ्रे बैंक – १०
सन्राइज बैंक – १०
सिद्धार्थ बैंक – १०
प्रभु बैंक – १०
नेपाल इन्भेष्टमेन्ट बैंक – २०
एनएमबि बैंक – २०
सिटिजन बैंक – २०
एभरेष्ट बैंक – २०
कुमारी बैंक – २०
सानिमा बैंक – २०
लक्ष्मी बैंक – २५
नेपाल बैंक – १०
प्राइम कमर्सियल बैंक – १०
नेपाल एसबिआइ बैंक – २५
सेन्चुरी कमर्सियल बैंक – २५
स्ट्यान्डर्ड चार्टर्ड बैंक – १००
ग्लोबल आइएमई बैंक – १५
नेपाल क्रेडिट एन्ड कमर्स बैंक – १०
मेगा बैंक – २५
हिमालयन बैंक – २०।




























