CG Electronics
IME Life
NIMB

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १२ अर्बको जीवन बीमा कोष खडा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार गुराँस लाइफले अकिकांश सूचकमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा गुराँस लाइफले १२ अर्ब ४५ करोड रुपैयाँमाथिको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म गुराँस लाइफको जीवन बीमा कोषमा १० अर्ब ५९ करोड रुपैयाँ संचिती रहेको थियो ।

बीमा कोषको आकार बढाउँदै इन्स्योरेन्सले जगेडा कोष र महाविपत्ती कोषको आकार समेत बढाएको छ । यस अवधिसम्म इन्स्योरेन्सले जगेडा कोषको आकार ९ प्रतिशतले बढाएर कोषमा ५८ लाख ७४ हजार रुपैयाँ र महाविपत्ती कोषको आकार ३० प्रतिशतले बढाएर कोषमा ७ करोड ५० लाख रुपैयाँ संचित गरेको छ ।

कम्पनीेले आफ्नो बीमा ब्यवसायलाई अघि बढाउँदै यस अवधिसम्ममा ३ अर्ब ५ करोड ७६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा भने १६.१३ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ६३ करोडमाथि रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २५.१३ प्रतिशतले बढ्न पुगेको छ भने व्यवस्थापन खर्च २९.५६ प्रतिशत बढ्न पुगेको छ । व्यवस्थापन खर्च बढेसँगै यता अभिकर्ता कमिशन समेत प्रभावित बन्न पुगेको छ । यस अवधिसम्म अभिकर्ता कमिशन ३१.०५ प्रतिशत घटेर ३६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ ।

साथै व्यवस्थापन खर्च बढेपनि कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको छ । समिक्षा अवधिसम्म कम्पनीको खुद नाफा ४४.२७ प्रतिशतले बढेर कम्पनीले १७ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस्तै नाफासँगै कम्पनीको खुद दावी भुक्तानी समेत १४५.७२ प्रतिशत बढेर एक अर्ब ६२ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको हालसम्म कायम पोलिसी संख्या समेत ५.५५ प्रतिशत बढेर एक लाख ६३ हजार ५११ पुगेको छ ।

दुई अर्ब ८ करोडमाथि चुक्तापुँजी भएको गुराँस लाइफ इन्स्योरेन्सको यस अवधिसम्म प्रतिशेयर आम्दानी (इपीएस) ८ रुपैयाँ ४० पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७५३ रुपैयाँ ३४ पैसा रहेको छ ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...