नेकपाका सांसदहरुको अवरोधका कारण प्रदेश सभा बैठक स्थगित
Sunday Nov 25, 2018
वि.सं.२०७५ मंसिर ९ आइतवार ११:३२

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई को प्रदेश सभा बैठक स्थगित भएको छ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुको अवरोधका कारण स्थगित भएको हो ।
सार्वजनिक प्रशासनसम्बन्धी विधेयकमाथि आफूहरुले दर्ता गरेको संशोधन प्रस्तावलाई लत्याउँदै मुख्यसचिवको सट्टा मुख्य न्यायाधीवक्तालाई भर्ना सिफारिस समितिको संयोजक बनाएको भन्दै आज बसेको बैठकमा नेकपाका सांसदहरुले विरोध जनाएका हुन।
नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माले मुख्य न्यायाधीबक्ताको मर्यादाको ख्याल नगरी कर्मचारी सिफारिस समितिको संयोजक बनाइएको भन्दै आपत्ति जनाएको हो । उनले संविधानको धारा ९७ को गलत व्याख्या गरेर मुख्य न्यायाधीवक्तालाई कर्मचारी सिफारिस समितिको संयोजक बनाइएको आरोप लगाएको छ ।
तर, सत्ता पक्षधर मधेसवादी दलका सांसदहरुले भने संविधानको धारा ९७ का अनुसार विधेयक ल्याइएको दाबी गर्दै आएका हुन ।
नेकपाका सांसदहरुले आफूहरुले दर्ता गरेको संशोधन प्रस्ताव टेबुल नआएसम्म संसद चल्न नदिने भन्दै उठेर विरोध जनाएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।






















