CG Electronics
IME Life
NIMB

गैर आवासीय नेपालीको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन ।

शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरुभएको गैर आवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ती अवसरहरु छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सिप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।”

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चाँसो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे । “कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ । त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरु घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो । ती दृष्टान्तहरु देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,” उनले भने ।

गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप तथा पुँजीको ठूलो महत्व रहने बताउदै ढकालले त्यसको केही प्रतिशत भएपनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरे ।

“हामीले जुन सिप वा प्रविधि सिकीरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाउँ । संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सिप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाउँ । यसले मुलुकको काचुली फेर्न सघाउ पुर्‍याउँछ । सम्मृद्धि हासिल गर्न सघाउँछ,” उनले भने ।

गैर आवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफुहरु तयार रहेको बताए ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...