सामाजिक बनावटले महिला हिंसा बढेको छ मुख्यमन्त्री राउत
Monday Nov 26, 2018
वि.सं.२०७५ मंसिर १० सोमवार १०:०३

निरंजन साह,जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महिला हिंसाको मुख्य कारण पितृसतात्मक समाज रहेको बताएका छन्।
लैंगिकतामा आधारित हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले भने सामाजिक बनाबटले हिंसा बढेको हो ।
सामाजिक बनावटले महिला र पुरुष बीच विभेद गरेकोले लैंगिक हिंसा भइरहेको मुख्यमन्त्री राउतले बताए ।
कार्यक्रममा सामाजिक, राजनीतिक र आर्थिक विभेदले पनि महिला हिंसा बढाएको जिकिर उनले जिकिर गरे । प्रदेश नम्बर दुईका सभामुख सरोज कुमार यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
शिक्षित समाजमा हिंसा कम छ, उहाँले भन्नुभयो–साक्षर कम भएको समाजमा हिंसा बढी छ । वैदेशिक रोजगारीले पुरुष हिंसा बढेको धारणा उहाँले राख्नुभयो ।
खाडी मुलुकमा गएर श्रम बेच्छन, उहाँले भन्नुभयो–घर फर्किदा सबै भद्रगोल हुन्छ ।
त्यसैलै सोचमा रुपान्तरण नभएसम्म हिंसा नियन्त्रण गर्न नसकिने उनले बताए।
समाजको सम्पूर्ण विकासको लागि शिक्षाको आवश्यक्ता रहेको उहाँले औंल्याए ।
संविधानले ग्यारेन्टी गरेपछि महिलाले ३३ प्रतिशत आरक्षण पाएको जिकिर गर्दै उहाँले प्रदेश नम्बर दुईका सरकारले महिलालाई ५० प्रतिशत आरक्षण दिएको जानकारी दिए ।






















