CG Electronics
IME Life
NIMB

चाडबाडको मुखमै चीनमा अड्किएका सामान आयात खुल्दै

NIMB
Himalayan Bank

काठमाडौं । नाका बन्द हुँदा चीनका विभिन्न स्थानमा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ । नेपाली व्यापारीले मगाएका सामग्री चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, केरुङ, ल्हासालगायत स्थानका गोदाममा थन्किएका र बाटामा रोकिएका छन् । कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगको रसुवागढी र तातोपानी नाका बन्द गरेका कारण लामो समयदेखि सामग्री आयात हुन सकेको छैन ।

नेपाल–चीन व्यापार गर्दै आएका धर्म पौडेलका अनुसार त्यहाँ रहेका एजेन्ट र ट्रान्सपोर्टले यससम्बन्धी जानकारी दिएका हुन् । ‘चीनको सरकारी निकायसँग हाम्रो कुराकानी भएको होइन । त्यहाँ रहेका एजेन्ट तथा ट्रान्सपोर्टसँग हाम्रो कुराकानी भइरहेको छ’, पौडेलले भने, ‘उनीहरूले दिएका जानकारीअनुसार यही साता सामग्री आउने सम्भावना छ ।’

बाटोमा रोकिएकाबाहेक अरू सामग्री जलमार्ग हुँदै ल्याइरहेको उनले बताए। उनका अनुसार चीनमा अडकएका दसैंका सामग्री यही साता आउन सुरु हुने सम्भावना छ । लत्ताकपडा, विद्युतीय सामग्री, जुत्ताचप्पललगायत सामाना रोकिएको छ । पछिल्लो समय स्याउ, अदुवा, लसुनलगायत सामग्री रसुवागढी नाकाबाट आउन छाडेको छ ।

रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत राम मैनालीले चिनियाँ पक्षले अडकएका सामग्री पठाउने तयारी गरेको बताए । ‘हामीलाई औपचारिक जानकारी आएको छैन । तर, अड्किएका सामग्री मात्र पठाउने तयारी गरेको अनौपचारिक रूपमा सुन्नमा आएको छ’, मैनालीले भने । चीनले नाका बन्द गर्दा पनि औपचारिक जानकारी नदिएको मैनालीले बताए ।

कोभिड–१९ सुरु भएयता रसुवागढी र तातोपानी नाका ‘वान वे’ सञ्चालन हुँदै आएको छ। दुई वर्षदेखि नै नाका पूर्णरूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हुँदै आएको छ । रसुवागढी नाकाबाट केही अघिसम्म दैनिक १४ वटा चिनियाँ गाडीले सामग्री आयात गर्दै आएका थिए । तर, पछिल्लो समय ठप्प छ ।

नाका बन्द हुनुअघि तातोपानी नाकाबाट दैनिक दुइटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका थिए । भूकम्प जानुअघिसम्म तातोपानी नाकाबाट आयात तथा निर्यात ठूलो परिमाणमा हुने गरेको थियो । तातोपानी नाका बन्द भएपछि मात्र रसुवागढीबाट नियमित कारोबार सुरु भएको थियो । कोरोना महामारीका कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो । त्यसयता नाका सञ्चालनमा आए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको थियो ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ताचप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...