प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच आकर्षक छुट उपलब्ध गराउने सम्झौता
Wednesday Sep 07, 2022
वि.सं.२०७९ भदौ २२ बुधवार २२:४८
काठमाडौं । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्ककाबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।
प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न सो सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकहरुले डिश होम टी.भीÞ र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् । त्यस्तै डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।
सो सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।























